नेपाली सेनालाई विवादमा ल्याउन नहुने बैद्यको भनाई


नेपालगञ्ज,फागुन १३

एकीकृत नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणले सेना समायोजनका बिषयलाई लिएर नेपाली सेनालाई विवादमा तान्न नहुने बताउनुभएको छ । क्रान्तिकारी पत्रकार संघले आज नेपालगञ्ज बिमानस्थलमा गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष बैद्यले तीन दल र मधेशी मोर्चाका बिचमा सहमति गरेर सेना समायोजनको निर्णय गर्नु पर्ने भन्दै दलहरुले अनावश्यक रुपमा नेपाली सेनालाई अगाडी ल्याएको टिप्पणी गर्नुभयो । 

उहाँले शान्ति प्रक्रियामा माओवादी बाधक बन्न नसक्ने बताउँदै काँग्रेसनै अहिलेको शान्ति प्रक्रियाको बाधक भएको आरोप लगाउनुभयो । संघियता र राज्य पुनरसंरचनामा कांग्रेसको अडचनकै कारण शान्ति प्रक्रियामा बाधा आएको उहाँको ठहर छ । 

Related

स्थानिय 7914706341768262718

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item