वाईसिएलका माग पुरा गर्ने माओवादी प्रतिवद्धता


काठमाडौं,फागुन  १३ 
एकीकृत माओवादी नेतृत्वले आफ्नो सहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल)का माग सम्बोधन गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगित भएको छ । माओवादी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आज अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष एवम् प्रधानमन्त्री बाबुराम भट्टराई र अन्य पदाधिकारीसँगको छलफलपछि वाईसिएलका माग सम्बोधन गर्ने सहमति भएको हो । माग सम्बोधन हुने भएपछि वाईसिएलले आफ्ना पूर्व घोषित कार्यक्रम स्थगित गरेको जनाएको छ । 

एक, दुई दिन भित्र माओवादी पदाधिकारी बैठकले मागलाई सम्बोधन गर्ने सहमति भएको वाईसिएल अध्यक्ष गणेशमान पुनले जानकारी दिनुभएको छ । माओवादी नेतृत्वसँगको बार्तापछि सञ्चारकर्मीसँग कुरागर्दै पुनले यसअघि वाईसिएलसँग भएका सहमति कार्यान्वनयका बिषयमा छलफल केन्द्रित रहेको बताउनुभयो ।

अध्यक्ष दाहालले वाईसिएलका माग र समस्यालाई प्याकेजमा समाधान गर्न आफू तयार रहेको बताउनुभएको थियो । शिविर छाडेर वाईसिएलमा आएका लडाकुको भबिष्य सुनिस्चीत गर्नेे प्रतिबद्धता जनाउनुभएका दाहालले वाईसिएलका सबै समस्या समाधान गर्ने बताएको पुनले उल्लेख गर्नुभयो ।

वाईसिएलले स्वैच्छिक अवकाश रोजेका लडाकु सरह सेवा सुविधा पाउनुपर्ने माग राख्दै आएका छन् । मंसिर २२ गते आन्दोलनको घोषणा गर्दै वाईसिएलले ८ बुँदे माग पत्र माओवादी नेतृत्वलाई बुझाईसकेको छ ।

Related

राष्ट्रिय 1894059293115429512

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item