सीआरबीटी प्रकरणमा पत्रकार बिरुद्ध मुद्धा,


काठमाडौं, फागुन  १३
म्युजिक कम्पनीले नेपाल टेलिकमको वेभसाईट दुरुपयोग गरेर सर्वधारणको मोबाईलको पैसा ठगी गरी सीआरबीटी डाउनलोड गरेको खबर संप्रेषण गरेको निहूँमा पत्रकार सूर्यकुमार क्षेत्रीलाई मुद्ध चलाएको घटनाप्रति नेपाल प्रेस युनियनले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

युनियनका महासचिव शिव लम्सालले आज विज्ञप्ती जारी गरेर आफ्ना केन्द्रिय पार्षद एवम् उज्यालो एफ.एम.का पत्रकार क्षेत्रीलाई समाचार लेखेकै भरमा मुद्धा दायर गरिएकामा बिरोध जनाउनुभएको छ । चोरी गरेर अर्काको मोबाईलमा सीआरबीटी डाउनलोड गरेको समाचार सम्प्रेसण गरेपछि पत्रकार क्षेत्री बिरुद्ध सरकारी वकिलको कार्यालय काठमाडौले जिल्ला अदालतमा मुद्दा चलाएको छ ।

सीआरबीटी डाउनलोड गराएको समाचार उज्यालो नेटबर्कबाट प्रशारण भए लगत्तै सीआरबीटी ठगीमा पक्राउ परेका व्यक्तिको वयानका आधारमा पत्रकार क्षेत्रीलाई मुद्दा चलाईएको थियो । महासचिव लम्सालले अनुसन्धान नै नगरी पत्रकार क्षेत्रीलाई मुद्दा चलाइनु आफैंमा निन्दनीय र हास्यास्पद भएको जनाउनुभएको छ ।

युनियनले यस घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भएको दाबी गरेको छ । घटनाको सत्य–तथ्य छानवीन गरी पत्रकार क्षेत्रीमाथि लगाईको मुद्दा तत्काल फिर्ता लिन र दोषीमाथि कारबाही गर्न सम्बन्धित पक्षसाँग युनियनले जोडदार माग गरेको छ ।

Related

प्रविधि 7094921609067081356

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item