बाणिज्य बैकको शाखा नहुँदा समस्या
http://sindhulidarpan.blogspot.com/2012/02/blog-post_2218.html
नविन श्रेष्ठ,सिन्धुली,फागनु ११
माओवादी युद्धको समयमा सुरक्षाको कारण देखाउदै विस्थापित भएको सिन्धुलीको कपिलाकोट र कमलामाई नगरपालिका भिमानबजार स्थित बाणिज्य बैकका शाखाहरु पुनस्थापना नहुँदा स्थानिय वासिलाई समस्या परेको छ । स्थानिय उपभोक्ताले सामान्य वचत, भुक्तानि, तलब भक्ता, पेन्सन पट्टा लिन वा वाहिर पठाउनु प¥यो भने एक दिन लगाएर सिन्धुली सदरमुकाम आउनु पर्ने बाध्यता रहनुको साथै न्युन रकम जम्मा गर्न वा झिक्न, बैंकिङ् कारोवार गर्न समस्या भएको कपिलाकोट उच्च माध्यमिक विद्यालयका प्रधानध्यापक मेघनाथ थिङले बताउनुभयो ।

उनले भन्नुभयो “ बैंक नहुँदा शिक्षक, कर्मचारी लगाएत स्थानिय सर्बसाधारणलाई बचत गर्न र रकम झिक्नका साथै अन्य बैकिङ् कारोबारका लागि लामो समय देखि समस्या झेल्न बाध्य छौं ।” माओवादी युद्धकाल भन्दा पहिला सिन्धुलीमा जिल्ला शाखा बाहेक ३ स्थानमा शाखाहरु सञ्चालनमा रहेका थिए । २०५९ साल बैशाख १९ गते असुरक्षाका कारण शाखाहरु सिन्धुली सदरमुकाममा मात्र सिमित रहेकोमा स्थानिय बासिन्दाहरुको तिब्र माघ भएपछि सिन्धुलीको झाँगाझोली रातमाटामा यहि कात्तिक २५ बाट शाखा पुनस्थापना भई सेवा सुचारु भएको छ । चालु आर्थिक वर्ष भित्रमा नै कपिलाकोटमा पुनस्थापना गर्ने प्रयासमा रहेको बाणिज्य बैंक शाखा सिन्धुलीका प्रवन्धक फौदबहादुर सुनुवारले बताउनुभयो । त्यसैगरी जिल्लाको एक व्यापारिक क्षेत्रको रुपमा रहेको चकमके बजारमा बैंकका कुनै पनि शाखाहरु नरहेकाले व्यपारी तथा स्थानियबासिन्दाहरुले जोखिम मोलेर नै बैंकिङ् कारोबारका लागि सदरमुकाम सिन्धुलीमाढी आउनु पर्ने बाध्यता रहेको स्थानिय व्यापारी आनन्द कार्कीले बताउनुभयो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !