फोरम गणतान्त्रिकको केन्द्रीय समिति बैठक

काठमाण्डौ,फागुन ११

आफ्नो पार्टी अध्यक्ष भ्रष्टाचारी ठहरिदै जेल चलान भएपछि भावी रणनीति र योजना तर्जुमा गर्ने बारेमा छलफल गर्न मधेसी जनअधिकार फोरम गणतान्त्रिकको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । सार्वजनिक पदमा रहँदा अकुत सम्पति आर्जन गरेको ठहर गर्दै सर्वोच्च अदालतले फोरम गणतान्त्रिक अध्यक्ष जयप्रकाश गुप्तालाई जेलसजाय सुनाएपछि गुप्तालाई अस्तिनै जेल चलान गरिएको थियो । आजदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा अध्यक्ष गुप्ताबारे सर्वोच्चले गरेको फैसला, पार्टीको आधिकारिक धारणा तथा गुप्ताको अनुपस्थितिमा पार्टीलाई कसरी सञ्चालन गर्ने भन्नेबारेमा छलफल हुने गणतान्त्रिकका सह अध्यक्ष राजकिशोर यादवले सीआईएनसँग बताउनुभयो । 
उहाँका अनुसार दिउँसो २ बजेपछि पार्टी कार्यालय शङ्खमुलमा केन्द्रीय समितिको बैठक सुरु हुने छ । केन्द्रीय समितिमा छलफल हुने एजेण्डाको बारेमा टुङ्गो लगाउन दिउँसो १ बजे पदाधिकारी बैठक बस्ने सहअध्यक्ष यादवले जानकारी दिनुभयो । सूचता तथा सञ्चारमन्त्री समेत रहेका गुप्ताको सट्टा कसलाई सरकारमा पठाउने भन्ने बारे पनि छलफल हुने बताइएको छ । फोरम गणतान्त्रिक स्रोतका अनुसार अध्यक्ष गुप्ताबारे सर्वोच्चको फैसलाप्रति पार्टीको धारणा, आगामी नेतृत्व, सरकारमा सहभागिता लगायतका बिषयमा पार्टीभित्र मत बाझिएको छ ।

Related

राष्ट्रिय 3215826145393564030

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon
:noprob:
:smile:
:shy:
:trope:
:sneered:
:happy:
:escort:
:rapt:
:love:
:heart:
:angry:
:hate:
:sad:
:sigh:
:disappointed:
:cry:
:fear:
:surprise:
:unbelieve:
:shit:
:like:
:dislike:
:clap:
:cuff:
:fist:
:ok:
:file:
:link:
:place:
:contact:

भर्खरैयो साता चर्चित

भर्खरै

एमाओवादीबाट हरिबोल गजुरेल मन्त्रिमण्डलमा सहभागी हुने

काठमाडौँ, २५ असोज । एकीकृत नेकपा(माओवादी)ले कोषाध्यक्ष हरिबोल गजुरेललाई आज मन्त्रिमण्डलमा सहभागी गराउने भएको छ ।  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०को निवास लाजिम्पाटमा बसेको पार्...

पत्रकार लीलानाथ घिमिरे सम्मानित

काठमाडौं, ४ असोज । नेपाल कम्युनिस्ट पार्टी एमाले सिन्धुली–काठमाडौं सम्पर्क मञ्चले पत्रकारिताका माध्यमबाट समाजमा योगदान गरेको भन्दै बरिष्ठ पत्रकार लीलानाथ घिमिरेलाई शनिबार राजधानीमा सम्मान गरेको छ ।&...

सिन्धुलीलाई २ नम्बर प्रदेशमा नराख्न सभाषद्हरुको चेतावनी

काठमाडौं, २ भदौ ।  सिन्धुलीका नेता तथा वुद्धिजिवीले सिन्धुली जिल्लालाई कुनै पनि हालतमा प्रदेश नम्वर दुईमा मिसाउन नहुने र त्यस्तो गरिए सह्रय नहुने चेतावनी दिएका छन् ।  काठमाण्डौंको मिनभव...

यो साता चर्चित



item