सरकारको राजीनामा माग्नु शान्ति र संविधान बिरोधी गतिविधी


काठमाडौं  फागुन १०
 स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले अहिले सरकार परिवर्नतको कुरा गर्नु भनेको शान्ति र संविधान बिरोध क्रियाकलाप हुने बताउनुभएको छ ।
उहाँले बर्तमान सरकारले सबै काम गर्ने भएकाले सरकारको राजीनामा आवश्यक नरहेको दाबी गर्नुभयो । राजधानीमा आज आयोजित कार्यक्रममा उहाँले शान्ति र संविधानको विषय ओझेल पार्न प्रधानमन्त्रीको राजीनामा माग गरेको आरोप लगाउनुभयो ।
एकीकृत माओवादीका वरिष्ठ उपाधयक्ष मोहन बैद्य समूहले प्रधानमन्त्रीको राजीनामा माग गरिरहेका समयमा मन्त्री रायमाझीको यस्तो भनाई टिप्पणी आएको छ ।

राजनीतिक पार्टीबीचको सहमति र सहकार्य बिना शान्ति प्रक्रियाका साथै नयाँ संविधान जारि गर्ने बिषय निष्कर्षमा पुग्न नसक्ने मन्त्री रायमाझीको भनाई थियो । उहाँले बर्तमान सरकारलाई नै राष्ट्रिय सरकारको स्वरुप दिन आग्रह गर्नुभएको छ ।

Related

राष्ट्रिय 6103937178193410181

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item