विमा भएपछि कृषक पशुपालनमा आकर्षित
http://sindhulidarpan.blogspot.com/2012/02/blog-post_4956.html
चीना थापा,सिन्धुली,फागुन ११
सिन्धुली जिल्लामा विभिन्न संघसंस्था तथा कार्यालयको सहयोगमा घरपालुवा पशुहरुको विमा हुन थालेपछि सर्वसाधारण कृषकहरु पशुपालन तर्फ आकर्षित भएका छन् । पशुपालनका खरिदमा समेत सरकारी तथा गैरसरकारी संघसंस्थाले पशुको विमा गर्न पनि तिनै संस्थाहरुले पहल गरिदिने भएपछि कृषकहरु त्यस तर्फ आकर्षित भएका हुन् । जिल्लामा पछिल्लो समयमा गाई, भैसी, गोरु, राँगा तथा बाख्राको विमा गर्न थालिएको छ ।
त्यस्ता विमा गराईएको पहुशरुको मृत्यु भएमा विमा मृत्युदाबी भुक्तानी रकम कृषकहरुले पाउने गरेका छन् । विपन्न कृषकले दुख गरेर पालेका पशुहरुको लगानी सुरक्षित होस् भन्ने उद्देश्यले जिल्लामा पशु विमा कार्यक्रम सुरु भएको स्थानीय विकास कोष सिन्धुलीले जनाएको छ ।
जिल्लामा २०६३ सालबाट सुरु भएको गरिबी निवारण कोष कार्यक्रमबाट पशुविमा कार्यक्रम सुरु भएको हो । यस कार्यक्रम सञ्चालन पछि आफ्ना पशुहरुको विमा गर्न तर्फ कृषकहरु निकै उत्साहित देखिन्छन् । स्थानिय विकास कोषका गरिबी निवारण कोष कार्यक्रम संयोजक यादव आर्चायले बताउनुभयो । जिल्लाका कमलामाई नगरपालिका, भिमेश्वर, रानिवास, बेलघारी लगाएतका दर्जनौ गाविसका कृषकहरु पशु विमाका लागि संगठितभएर अभियानकै रुपमा लागि परेका छन् ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !