माओवादी लडाकुले रानीवास र खयरमारा शिवीर छाडे
http://sindhulidarpan.blogspot.com/2012/03/army-news.html
मिनकुमार दाहाल,
सिन्धुली,फागुन ३०
रानिवासमा रहेका माओवादीका लडाकुहरुलाई २ नम्वर डिभिजनको मुख्य सिविर दुधौलीमा सारिएको छ । यस सिविरमा स्वक्षिक अवकासमा गएर वाँकी समायोजन प्रकृया रोजेका दुई सय लडाकु रहेका थिए । यस सिविरमा रहेका लडाकुहरुलाई उदयपुरको वेलसोतमा रहेको विशाल कुमार सहायक शिविरमा लगिएको छ । खयरमारा सहायक शिविरमा समायोजनमा जाने पाउने तिनसय लडाकुहरु रहेका छन् । रानिवास सहायक सिविर खालि गर्न नेपाली सेनाको पुरानो गोरखगणका गणपति गौरव केसी र माओवादीको दोस्रो डिभिजनका कमाण्डर सुकवहादुर रोकाय उपस्थित भएका थिए । यी दुई सेनाका प्रमुखहरुको उपस्थितिमा रानिवास सहायक सिविरका कमाण्डर सुरविर राईले पुरानो गोरखगणको टुकडीलाई सहायक शिविर हस्तानन्तरण गरेका थिए ।
सिन्धुली,फागुन ३०
माओवादीका लडाकुहरु राखिएको दुई नम्वर डिभिजन अन्र्तगतका रानिवास र महोत्तरीको खयरमारा क्याम्पमा मंगलवार खाली गरिएको छ । खाली गरिएको सो क्याम्पको रानीवासमा नेपाली सेना को टुकडी र खयरमारामा शसस्त्र प्रहरी वलको टोली क्याम्प सुरक्षाको लागी राखिएको छ । सरकारले माओवादी सेना रहेका सिविरहरु खालि गराउने क्रममा माओवादी सेनाको दोस्रो डिभिजन अन्तरगतको रानीवासमा रहेको सोलु सल्लेरी व्रिगेड रहेका उक्त सहायक विशिर सोमवारवाट खालि गरी त्यहाँ नेपाली सेनाको पुरानो गोरख गणको एक टुकडी स्थापना गरिएको छ भने मंगलवार खाली भएको रामवृक्ष स्मृती व्रिगेडमा शसस्त्र प्रहरी वल राखीएको छ । सरकारले माओवादी सेना राखिएका ठाउँका शिविरहरुको सुरक्षाका लागि सेना तथा शसस्त्र प्रहरी राखिने वताउँदै आएको थियो ।
![]() |
| फाईल तस्विर |
यहाँको भौतिक पुर्वाधार तथा शिविरको संरचनाको सुरक्षाको जिम्मा ससस्त्र प्रहरीलाई दिईने भएको हो । सरकारले फागुन महिना भित्र सवै सहायक शिविरहरु खालि गर्ने वताउँदै आएको छ । सवै सहायक शिविरमा राखिएका लडाकुलाई मुख्य शिविरमा राख्नका लागि वस्ने समस्या हुने भएका कारण केहि सहायक शिविरमात्र खालि गरिएको २ नम्वर डिभिजन कमाण्डर रोकायले वताए । शिविर खाली गर्नकालागि सेना समायोजन विशेष समितिवाट रामानन्द मिश्र खटिएर आएको समेत उहाँले वताउनुभयो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !