‘वानको भ्रमणमा बिरोध हुन स्वभाविक’
http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_3660.html
काठमाडौं, चैत्र ३
संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनको नेपाल भ्रमणलाई लिएर बिभिन्न खालका टिकाटिप्पणी भईरहेका समयमा बृहत्तर लुम्बिनी राष्ट्रिय विकास दिर्नेशक समितिले त्यसलाई स्वभाविक रुपमा लिएको जनाएको छ ।
समितिको आज काठमाडौंमा बसेको बैठकले मुनको भ्रमणलाई लिएर भएका टिकाटिप्पणी आउनु स्वभाविक प्रकृया रहेको निष्कर्ष निकालेको समिति सदस्य मिनेन्द्र रिजालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘मुनको भ्रमणलाई लिएर विचार आउने बिषयलाई अस्वभाविक मान्नु भएन ।’
कांग्रेस सभापति सुशील कोइरालाले बिहीबार राजधानीमा भएको सार्वजनिक कार्यक्रममा राष्ट्रसंघका महासचिव मुनलाई नेपालको शान्ति प्रक्रिया नटुङगीदा सम्म भ्रमणका लागि नआउन आग्रह गर्नुभएको थियो ।
त्यसै गरेर समितिले महासचिव मुनको भ्रमणलाई फलदायी र सफल बनाउनका लागि पहल गर्ने निर्णयपनि गरेको छ । सदस्य रिजालले केही अन्तर्राष्ट्रिय मापदण्ड र प्रक्रिया पुरा गरेर मुन नेपाल भ्रमणका लागि आउने बताउनुभयो । उहाँले लुम्बिनीमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आउनका लागि सरकारले मुनलाई निमन्त्रणा पत्र पठाईसकेको बताउनुभयो । महासचिव मुन बैशाखको दोस्रो साता नेपाल आउने कार्यक्रम तय भएको छ ।
अन्तर्राष्ट्रिय लुम्बिनी सम्मेलनका लागि बृहत्तर गुरु योजना र त्यसका लागि आवश्यक पर्ने सहयोग जुटाउने बिषयमा समेत समिति बैठकमा छलफल भएको थियो । समितिका संयोजकमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल हुनुहुन्छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !