शिक्षा सचिव थापाद्धारा राजीनामा


 काठमाडौं, चैत ३  
शिक्षामन्त्रालयका सचिव किशोर थापाले आज आफ्नो पदबाट राजीनामा गरेको पत्र सरकारका मुख्य सचिवलाई बुझाउनुभएको छ । 
मुख्य सविच माधवप्रसाद घिमिरेको कार्यकक्ष सिंहदरबारमा पुगेर सचिव थापाले आफ्नो राजीनामा पत्र बुझाउनुभएको हो । सचिव थापाले राजीनामा पत्र बुझाएपनि स्वीकृत भने भएको छैन ।

शिक्षक र कर्मचारी आन्दोलनका कारण दबावमा परेका सचिव थापाले काम गर्न नसकेर राजीनामा दिएको स्रोतको भनाई छ । शिक्षा मन्त्री दीनानाथ शर्माले सचिव थापालाई शिक्षक आन्दोलनका क्रममा अनाश्यक दबाव दिएको स्रोतले जनाएको छ ।

Related

राष्ट्रिय 7935375172895076731

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item