क्रिकेटमा आज नेपाल र आफगानीस्तान भिड्दै
http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_4807.html
काठमाण्डौ , चैत ३
यूएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा आज नेपालले आफगानीस्तानसँग प्रतिस्पर्धा गर्दैछ । हिजो पपुवा न्युगिनीसँग पराजित नेपालले आज प्रतियोगिताको दावेदार मानिएको वान डे मान्यता प्राप्त आफगानीस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपालको अबको यात्रा भने निकै कठिन देखिन्छ । बाँकी २ खेलमा पनि नेपालले प्रतियोगिताको दावेदार मानिएका वान डे मान्यता प्राप्त नेदरल्याण्डस् र क्यानडाको सामना गनुपर्नेछ । पहिलो खेलमा हङकङ र दोस्रो खेलमा डेनमार्क विरुद्ध नेपाल भने विजयी भएको थियो ।
नेपाल र आफगानीस्तानको खेलसँगै आज पनि आठ ओटा खेल हँुदैछ । त्यस्तै आजका अन्य खेलमा बर्मुडा विरुद्ध क्यानडा, डेनमार्क विरुद्ध नेदरल्याण्डस्, नामिविया विरुद्ध युगाण्डा भिड्दैछन् । त्यस्तै स्कटल्याण्ड विरुद्ध ओमन, हङकङ विरुद्ध पपुवा न्युगिनी, आयरल्याण्ड विरुद्ध अमेरीका र ईटली विरुद्ध केन्या भिड्ने क्रिकेट अनलाईन सस्ंकरणले जनाएको छ । १६ टोलीको सहभागिता रहेको छनौट प्रतियोगिताबाट उत्कृष्ट दुई टोलीले आउने सेप्टेम्बरमा श्रीलंकामा हुने विश्वकप क्रिकेटमा खेल्न पाउने छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !