च्याउ खेतीको लागि कृषि कार्यालयद्वारा विभिन्न सामग्री वितरण


प्रकाश सुन्दास,
काभ्रेपलाञ्चोक,चैत ३

जिल्ला कृषि विकास कार्यालय काभ्रेले च्याउ खेतीको व्यवसायीकरण र कृषकहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न सामग्री वितरण गरेको छ । कार्यालयले च्याउ खेतीका लागि आवश्यक पर्ने २८ थान भुसा काट्ने मेसिन किसानलाई वितरण गरेको हो ।

 त्यस्तै कृषक समूहमा आवद्ध भइ च्याउ खेती गर्दै आएका १ सय जना भन्दा बढी किसानहरुलाई ५० प्रतिशत अनुदानमा विभिन्न जातको १ हजार किलो बीउसमेत वितरण गरेको जिल्ला कृषि विकास कार्यालय काभ्रेका प्राविधिक सहायक बच्चुबहादुर कार्कीले जानकारी दिनुभयो । जिल्लामा करिब २ सय किसानहरुले च्याउ खेती गर्दै आइरहेका छन् ।

Related

प्रमूखखबरहरु 5676273809115638395

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item