संघर्ष समितिद्धारा जिल्ला प्रशासनमा ज्ञापनपत्र


हिरालाल दनुवार, 
कटारी,चैत्र २ 
चुनढुंगा ढुवानी व्यवस्थापन तथा दुर्घटना पिडित संघर्ष समिति कटारी उदयपुरले जिल्ला प्रशासन कार्यालय उदयपुरलाई वुधवार ज्ञापनपत्र बुझाएको छ । संघर्ष समितिको बैठकले सरकारसँग फ्याक्ट्रिले गरेको सम्झौताको पूर्ण कार्यान्वयन र स्थानीय नागरिकलाई वातावरणीय प्रदुषणले स्वास्थ्यमा पारेको असरका बारेमा जानकारी गराउने उदेश्यले ज्ञापनपत्र बुझाईएको   हो । 

सिरहाको चन्द्रउदयपुरमा रहेको मारुती सिमेन्ट उद्योगले चुनढुंगा ढुवानी गर्न शिव ओम मल्टिपरपोजलाई ढुवानी गर्न दिएपछि वातावरण प्रदुषणले स्थास्थ्यमा प्रतिकुल असर पारेको ,भु–क्षयका कारण खेती योग्य जमीन मरुभुमीमा परिणत भएको, १० टन भन्दा बदी चुनढुंगा बोकेर सिद्धिचरण राजमार्ग अन्तर्गत ओटासिप पिच ध्वस्त भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ज्ञापनपत्रमा सूचक पत्रका आधारमा दैनिक एक टिपको व्यवस्था मिलाउनु पर्ने, सिद्धिचरण राजमार्गको कटारी मिर्चेया सडक खण्डमा दुई लेनको सडक विस्तार गर्नुपर्ने तथा वैकल्पिक सडकको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ । साथै फागुन २६ गते ट्रिपरको ठक्करबाट मृत्यु भएका कटारी ४ का कर्ण बहादुर थापामगरको आफन्तलाई उचित क्षतिपूर्ती दिनुपर्ने र मृत्तकको नाममा सिद्धिचरण राजमार्गको कुनै ठाउँमा स्मृती बनाउनुपर्ने उल्लेख गरिएको छ । 

जिल्ला प्रशासनलाई पठाईएको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय सिरहा,जिल्ला प्रशासन कार्यालय सिन्धुली,उद्योग मन्त्रालय सिंहदरवार,खानी तथा भुगर्भ विभाग लैनचोर काठमाण्डौं,वन तथा वातावरण मन्त्रालय सिहंदरवार, यातायात व्यवस्था कार्यालय लहान सिरहा,मारुती सिमेन्ट उद्योग चन्द्रउदयपुर सिरहा,शिव ओम मल्टि परपोज देवीधान र नेपाल पत्रकार महासंघ उदयपुरलाई बोधार्थ सहित ध्यानाकर्षण गराईएको छ । 

Related

स्थानिय 9186936441896788555

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item