मधेसी मोर्चा मधेसबाट पतन हुन्छ:यादव


काठमाडौं,  वैशाख ५ । 

मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस स्वायत्त प्रदेश विपरित संघीयतामा सहमति गरे मधेसी मोर्चा मधेसबाट पतन हुने चेतावनी दिनु भएको छ । 
राजधानीमा आज आयोजित कार्यक्रममा उनले मधेसी मोर्चा पद र पैसाका लागि मात्रै राजनीति गरेको आरोप लगाउनु भयो । उहाँले भन्नु भयो, ‘मधेसी मोर्चा पद र पैसा दिएर नेताहरुलाई प्रयोग गर्ने योजनामा छन् ।’
‘मोर्चाका नेताहरु मधेसको नभई प्रिपेड, व्रिफकेस र डान्सबार मन्त्री भएका छन् ।’ उहाँले भन्नु भयो, ‘स्वायत्त मधेस प्रदेशको पक्ष मधेसी मोर्चा छैन ।’ अध्यक्ष यादवले जातीयताका आधारमै संघीयता हुनु पर्ने माग गर्नु भएको छ । 
संविधानसभा बाहिर अध्यारो कोठा र रिसोर्टमा बनाएको संविधान नेपाली जनताले स्वीकार गर्ने अध्यक्ष यादवले बताउनु भयो । उहाँले भन्नु भयो, ‘अध्यारो कोठमा बनाएको र भागबण्डामा बन्ने संविधान मान्य हुँदैन ।’
तमलोपा नेपालका अध्यक्ष एवम् सिंचाई मन्त्री महेन्द्र यादवले मधेसी मोर्चा स्वायत्त मधेस प्रदेशको अडानमा कायम रहेको बताउनु भयो । उहाँले चार दिन भित्रमा सबै विवादित विषयमा सहमति बन्ने दावी गर्नु भयो ।

Related

राष्ट्रिय 6918247187205462883

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item