नेपाल रेडक्रस सोसाइटीको ४१ औँ केन्द्रिय महाधिवेशन काभ्रेमा 
प्रकाश सुन्दास,काभ्रे,वैशाख १७ ।
नेपाल रेडक्रस सोसाइटीको ४१ औँ केन्द्रिय महाधिवेशन काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा आजदेखि सुरु हुँदैछ । भोलिसम्म चल्ने महाधिवेशनले आर्थिक वर्ष २०६७÷०६८ को प्रगति र आर्थिक प्रतिवेदनको समीक्षा तथा २०६९÷०७० को प्रस्तावित कार्यक्रम, नीति र बजेट माथि छलफल गर्ने बताइएको छ । महाधिवेशनमा सहभागी हुन ७५ जिल्ला कार्यसमितिका २ सय ७५, अन्तर्राष्ट्रिय रेडक्रस निकाय र स्वयंसेवक गरी करिब चारसय प्रतिनिधि हिजै काभ्रे आइपुगेका छन् ।
 महाधिवेशनमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, समाज कल्याण परिषद्, स्वास्थ्य र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूसमेत सहभागी हुने केन्द्रिय अध्यक्ष सञ्जीव थापाले जानकारी दिनुभयो । प्राकृतिक प्रकोप र विपत न्यूनीकरणका लागि काम गर्दै आइरहेको रेडक्रसको देशभर १० लाख भन्दा बढी सदस्य र करिब १ लाख स्वयम् सेवक रहेको अध्यक्ष थापाले बताउनुभयो ।

Related

विविध 8410648009853936572

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item