ट्राफिक जरिवाना बैंकबाट तिर्न सकिने
http://sindhulidarpan.blogspot.com/2012/04/s_8122.html
काठमाण्डौ,वैशाख १७ ।
ट्राफिक कारबाहीको जरिवाना अब बैंकबाट तिर्न सकिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक जरिवाना बैंक मार्फत जम्मा गराउने प्रक्रिया अघि बढाएको जानकारी दिएको छ । ट्राफिकको राजश्व हिनामिना भएको आशंकामा प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यकाका ट्राफिक कार्यालयमाथि छानविन गर्न थालेपछि आगामी महिनादेखि बैंकमार्फत राजश्व बुझाउने तयारी गरिएको हो ।
सरकारी राजश्व संकलन गर्न महाशाखाले नेपाल बैंकबाट स्वीकृति प्राप्त बैंकहरुलाई प्रस्ताव पेस गर्न सूचना पनि प्रकाशित गरिसकेको छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !