निशुल्क आँखा शिविरमा १ सय ४१ जनाले आँखा परिक्षण
http://sindhulidarpan.blogspot.com/2012/04/blog-post_6044.html
सुरेश बिडारी,
सर्लाही,वैशाख ५ ।
सर्लाहीको बसन्तपुरमा आज भएको निशुल्क आँखा शिविरमा १ सय ४१ जनाले आँखा परिक्षण गराएका छन् । आँखा परीक्षण गराएका मध्ये ३२ जनामा मोतिया विन्दुको लक्षण देखिएको छ । उनीहरुलाई आजै निशुल्क शल्य क्रियाका लागि जानकी आँखा अस्पताल जनकपुर पठाइएको छ ।
बसन्तपुर–७ मा रहेको स्थानीय जानकी युवा क्लबको आयोजनामा भएको निशुल्क आँखा परिक्षण शिविरमा डां अरुणकुमार साहको टोलीले आँखा परीक्षण गर्नुभएको नेपाल रेडक्रस सोसाइटी सर्लाही जिल्ला सदस्य धु्रव प्रसाद घिमिरेले जानकारी दिनुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !