प्रशिक्षणमा सहभागी हुन प्रचण्ड काभ्रे आउँदै

काभ्रे,वैशाख ६ ।
पार्टीभित्रको गुटबन्दी चर्किंदै गएका बेला एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड आज काभ्रे आउँदै हुनुहुन्छ । माओवादीको संस्थापन पक्षले आयोजना गर्न लागेको प्रशिक्षणमा सहभागी हुन प्रचण्ड बनेपा आउन लाग्नुभएको हो । बनेपाको गोदामचोकमा संस्थापन पक्षले आफू निकट नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिन लागेको छ । प्रचण्डका साथमा ताम्सालिङ राज्य समिति इन्चार्ज अग्नी सापकोटा पनि आउने माओवादी जिल्ला सेक्रेटरी गङ्गाबहादुर दोङले जानकारी दिनुभयो ।  

प्रशिक्षणमा वैद्य पक्षलाई खबर नगरिएको बताइएको छ । वैद्य पक्षले भने आफूहरुले प्रशिक्षण बहिस्कार गरेको जनाएको छ । सोमबार हुने भनिएको प्रशिक्षण दलका शीर्ष नेताहरुको बैठकका कारण आजका लागि सारिएको हो । संस्थापन पक्षले एकलौटी ढंगले प्रशिक्षणलगायतका कार्यक्रम राखेपछि वैद्य पक्षले पनि जिल्लामा छुट्टै कार्यक्रम आयोजना गर्दैछ । वैद्य पक्षले आफू पक्षका केन्द्रीय नेताको उपस्थितिमा भोलि रोशी भेगमा तथा शनिबार कोशीपारी बृहत कार्यक्रम आयोजना गर्न लागेको सभासद् रेणुका चौलागाईले जानकारी दिनुभयो ।

Related

राष्ट्रिय 3188862179878116619

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item