११ कैदी तथा थुनुवालाई कारागार चलान

 खोटाङ,वैशाख १७ । 
प्रहरी हिरासतमा राखिएका खोटाङ्का कैदी तथा थुनुवा गरी ११ जनालाई कारागार चलान गरिएको छ । कारागार शाखा खोटाङका अनुसार १ जना कैदी बन्दी र १० जना थुनुवाहरुलाई सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागार चलान गरिएको हो । शाखाका अनुसार कुटपिटको मुद्दामा गत पुस–७ गते जेल चलानको पूर्जी पाएका सप्तेश्वर–९ का ५२ वर्षीय टंकप्रसाद राई र हातहरियार तथा खरखजानामा जेल चलानको आदेश पाएका सुङ्देल–३ का संजीव राईलगायत अन्य थुनुवाहरुलाई कारागार चलान गरिएको छ ।

यस्तै, हातहरियार खरखजाना मुद्दामा पुर्पक्षकालागि थुनामा राख्ने आदेश दिइएका किरात जनवादी वर्कर्स पार्टीका कार्यकता हाङ्छा किराती, गोपाल दाहाल र प्रशान्न डिजान भन्ने मोहन राई, सल्ले–६ का सुपेन्द्र राई र राजेश राई, कर्तव्य ज्यान मद्दामा पक्राउ परेका नुनथला–३ का टार्जन राई, सुङ्देल–९ का नरसुपाल राई, आगजनी मुद्धामा पक्राउ परेका डिकुवा–७ का खिला अधिकारी र सावाकटहरे–४ का सुवास विश्वकर्मालाई कारागार चलान गरिएको हो ।

 खोटाङ्मा कारागारको अभाव तथा मुद्दा फैसला नभएका थुनुवाहरुलाई बयानकालागि अदालतमा पटक–पटक उपस्थित गराइरहनु पर्ने भएकाले उनीहरुलाई हालसम्म कारागार पठाउन नसकिएको जिल्ला कारागार शाखा खोटाङका प्रमुख चित्राखर आचार्यले बताउनुभयो

Related

विविध 7460819677574785018

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item