जापानले दिने २५ करोड बढि अनुदान सहायतामा हस्ताक्षर

काठमाण्डौ,वैशाख १७ । 
जापान सरकारले नेपालको खाद्य उत्पादन वृद्धिका लागि सघाउने उद्देश्यले उपलब्ध गराउन लागेको २५ करोड ९० लाख रुपैँया अनुदान सहायतामा आज हस्ताक्षर भएको छ । परराष्ट्र मन्त्रालय सिंहदरवारमा बिहान बसेको नेपाल–जापान परराष्ट्र मन्त्रीस्तरीय बैठकमा यस्तो सहमति भएको हो ।

 दुवै परराष्ट्रमन्त्रीको उपस्थितिमा भएको सहयोगसम्बन्धी सम्झौतामा नेपालका लागि जापानी राजदूत कुनियो ताकाहासी र अर्थसचिव कृष्णहरि बास्कोटाले हस्ताक्षर गर्नु भएको छ । बैठकमा नेपाल पक्षको नेतृत्व उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र जापानको नेतृत्व त्यहाँका विदेशमन्त्री कोइचिरो गेम्बाले गर्नुभएको थियो । बैठकमा अर्थ र परराष्ट्र मन्त्रालयका सचिव, जापानका लागि नेपाली राजदूत मदनकुमार भट्टराई तथा ११ सदस्यीय जापानी प्रधितिनिधिमण्डलको सहभागिता थियो ।

 निर्वाचन आयोगलाई मतदाता परिचयपत्र व्यवस्थापनका लागि  जापानले विभित्र सामग्री प्रदान गर्ने घोषणा पनि बैठकमा गरिएको छ । यसअघि जापानी प्रतिनिधिमण्डलसँगको अनौपचारिक बैठकमा नेपाली पक्षले २ सय मेगावटको माथिल्लो सेती जलविद्युत् परियोजना निर्माण, काठमाडौँ उपत्यकामा मेट्रो रेलसेवा सन्चालन तथा मध्यपहाडी राजमार्ग निर्माणका निम्ति जापान सरकारसँग अनुरोध गर्ने सहमति भएको परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल निरञ्जनमानसिंह बस्न्यातले जानकारी दिनुभयो ।

Related

प्रमूखखबरहरु 8178245566741316827

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item