गायक कृष्णविक्रमलाई सिन्धुलीले विर्सीएकामा सर्वत्र गुनासो


पल्लवी मञ्चको विमोचन


ध्रुवचन्द्र खड्का,
सिन्धुली,वैशाख १७ । 

  कृष्णविक्रम थापाको चौथो स्मृति दिवसका अवसरमा पल्लवी मन्च कृष्णविक्रम थापा विशेषांक २०६९ को शनिवार एक कार्यक्रमकावीच विमोचन गरिएको छ । लोक गायक कृष्ण विक्रम थापाको कला व्यक्तित्व विशेष विचार गोष्ठीमा साहित्यकार अर्जुन पौडेलले पुस्तकको विमोचन गर्नुभएको हो । पल्लवी ज्ञान मन्च पुस्तकालय सिन्धुली र सिन्धुली साहित्य प्रतिष्ठानको आयोजनामा भएको गोष्ठिमा लोक गायक थापाको व्यक्तित्वको वारेमा विभिन्न वक्ताहरुले चर्चा गर्नुभएको थियो ।

पल्लवी ज्ञान मन्चका अध्यक्ष तीर्थ यात्रीको अध्यक्षता तथा साहित्यकार अर्जुन पौडेलले प्रमुख आतिथ्यतामा सम्पन्न गोष्ठिमा सिन्धुली वाङ्मय प्रतिष्ठानका नन्दलाल श्रेष्ठ, उमानाथ शास्त्री सिन्धुलीय साहित्य प्रतिष्ठानका कृष्ण वराल सुकुम्वासि, सिन्धुली साहित्य प्रतिष्ठानका पवन भिमानेली, गजल सरोवर सिन्धुलीका वरुण लामिछाने, राहत शिक्षक संगठन सिन्धुलीका सरोज थापा, जुनार संघका केन्द्रिय सदस्य तिलक वहादुर थापा, साहित्यकार भोजराज सत्याल, सन्चारकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

गोष्ठीमा वोल्दै प्रमुख अतिथी पौडेलले लोक गायक कृष्ण विक्रम थापालाई अझैपनि चिन्न बाँकी रहेको वताउँदै सिन्धुलीवासी सवैले वहाँको कला र व्यक्तित्वको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै गोष्ठीमा वोल्ने सवै वक्ताहरुले कृष्ण विक्रम थापाको वारेमा चर्चा गरेका थिए । साथै लोक गीत र लोक संगितको माध्यमवाट सिन्धुलीलाई राष्ट्रसामु चिनाउन सफल श्रष्टा थापालाइ सिन्धुलीले बेवास्ता गरेको गुनासो गर्दै वक्ताहरुले वहाँको सम्मानमा लाग्नुपर्नेमा जोड दिएका थिए ।

गोष्ठीमा पवन भिमानेली, वरुण लामिछाने, सीता श्रेष्ठ, अमृत भिमानेली लगायतले समसामयिक विषयमा केन्द्रित रचना वाचन गर्नुभएको थियो । पुस्तक विक्रिवाट संकलित रकम थापाकै सम्मानमा खर्च गरिने प्रकाशकले वताएका छन् ।

Related

स्थानिय 3213602062940710879

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item