'मोबाईलले गर्दा बालविबाह बढ्दो'

  दैलेख, वैशाख १७ ।
हरेक किसोर किसोरीको हात हातमा देखिन मोबाईलले दैलेखमा बालबिबाह बढाएको देखिएको छ । दैलेखमा पछिल्लो समयमा किसोर किसोरीबीच मोबाईलको दुरुपयोग हुदा कम उमेरमा विबाह बन्धनमा बाधिनेको संख्या बढेको छ । किसोर किसोरीहरु लहैलहैमा लागेर र नभेटेरै मोबाईलमा कुरा गर्ने अनि बिबाहको बन्धनमा बाधिने गरेका छन । 

१९ वर्ष भन्दा मुनि विबाह गर्नु कानुनी र स्वास्थयको हिसावले अबैधानिक मानिने भएपनि यो क्रम बढिरहेको महिला शसत्तिकरण मञ्चकी पुर्व अध्यक्ष डिल कुमारी चन्दले बताउँनुभयो । बालबिबाहको संख्या बढि रहेपनि कानुनी दायरामा नआउने र आएपनिमिलापत्र गर्ने प्रचलनका कारण पनि यो समस्या दिनप्रतिदिन बढ्दै गएको उहाँ बताउनु हुन्छ । 

अभिभाबकले आफना छोरा छोरीलाई मोबाईल हातमा पार्नु भन्दा पहिला यसको सकारात्मक र नकारात्मक पक्षको बारेमा जानकारी दिन भुलेयसले भविश्यमा झन ठुलो समस्या ल्याउन सक्ने समाजसेवी रेशम विश्वकर्मा बताउनुहुन्छ । मोबाईले गर्दा बालबिबाह बढाएको र  बालबिबाहकै कारण दैलेखमा महिला हिंसामा पनि बृद्धि भईरहेको महिला अधिकार कर्मीहरु बताउछन ।

Related

राष्ट्रिय 5483854534165726527

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item