बाल गृह वन्द हुने अवस्थामा
http://sindhulidarpan.blogspot.com/2012/04/s_9481.html
शेरबहादुर भुजेल,
दोलखा,वैशाख १७ ।
आर्थिक स्रोतको अभाव भएपछि दोलखा सदरमुकाम चरिकोटमा अवस्थित गौरीशंकर बाल गृह वन्द हुने अवस्थामा पुगेको छ । नेपाल बाल संगठनको व्यवस्थापनमा सञ्चालन हुदै आएको बाल गृहका लागि आर्थिक सहयोग बन्द भए पछि त्यहाँ आश्रितलाई पालनपोषण, शिक्षा र अन्य प्रशासनिक कार्यमा कठिनाई भए पछि बाल गृह बन्द हुने अवस्थामा पुगेको हो ।
सुरुमा ५० जना बालकहरु आश्रित रहेकोमा अहिले स्रोतको अभाव भए पछि हाल बाल गृहमा रहेका १७ जनालाई पालनपोषण गर्न पनि समस्या भएको बालगृहका प्रमुख ओमप्रकाश काफ्लेले बताउनुभयो । नेदरल्याण्ड्स अन्र्तराष्ट्रिय बालकल्याण संगठनको सहयोगमा नेपाल बाल संगठनले २०५३ सालमा स्थापना गरेको बाल गृहलाई सुरुको ५ वर्ष निदरल्याण्डस अन्र्तराष्ट्रिय बालकल्याण संगठनले सम्पुर्ण खर्च बेर्होदै आएको थियो । बालगृहमा कार्यरत कर्मचारीहरुले पनि २० महिनादेखी तलव पाउँन नसकेको गुनासो गरेका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !