कसरी वच्ने फेसवुक भाईरसवाट ?

काठमाण्डौ,वैशाख १७ ।
- तपाईँका साथीहरुको प्रोफइलबाट तपाईँको वालमा लिंक सेयर हुन्छ जहाँ अश्लिल अथवा हिंस्रक प्रकृतिका भिडियो हुन्छन् । यो भिडियोसँगै एउटा सन्देश पनि हुन्छ जहाँ लेखिएको हुन्छ – तपाईँ यो भिडियो पुरा हेर्न सक्नुहुन्न । जब तपाईँ यो लिंक क्लिक गर्नुहुन्छ, यो तपाईँका साथीहरुको वालमा पनि पुग्छ । एवं रितले यो फेसबुकका प्रयोगकर्ताहरुसम्म अति तीब्र गतिमा फैलिन्छ ।

फेसबुकले नियन्त्रण गर्न सक्दैन ?

यसअघि पनि यस्ता खालका भाइरसले फेसबुकलाई आक्रमण गरेका थिए तर फेसबुकले तिनलाई नियन्त्रण गर्न सफल भएको थियो । तर यसपटकको भाइरस भने निकै खतरनाक भएको र नियन्त्रण गर्न गाह्रो भएको फेसबुकले जनाएको छ । यद्यपी फेसबुकले यस्ता स्पामको नियन्त्रणका लागि प्रयास गरिरहेको जनाएको छ ।

कसरी बँच्ने त भाइरसबाट ?

फेसबुक नचलाई बस्न त पक्कै सकिँदैन । त्यसैले आफ्नो वालमा यस्तो लिंक भेटिएमा त्यसमा क्लिक नगर्नु नै यो भाइरसबाट बँच्ने राम्रो उपाय हो । तत्काल के गर्ने भन्नेबारे फेसबुक कै आधिकारिक धारणा कुर्नुपर्ला । सुरक्षाका उपायबारे जानकारी लिन फेसबुकको आधिकारिक ब्लग तथा हेल्प पेज नियमित रुपमा भिजिट गर्नुपर्छ ।

सबै भन्दा राम्रो उपाय तत्काललाई आफ्नो प्राइभेसी सेटिङमा गएर वाललाई ब्लक गर्नु नै राम्रो उपाय होला ताकि कसैले तपाईँको वालमा केही पोष्ट गर्न नसकोस् । अर्को ध्यान दिनुपर्ने कुरा कसैको नामबाट आफ्नो फेसबुक वालमा अश्लिल लिंक सेयर भएमा उसलाई गाली गर्ने वा अन्फ्रेन्ड गर्ने नगर्नुहोस किनकी यो भाइरसको कमाल हो ।

Related

प्रविधि 7476075198306402129

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item