पाँचजनाको मृत्यु, २७ जना घाइते

 जनकपुरधाम,वैशाख १८ । 


जनकपुरमा आज भएको बम बिस्फोटमा परी पाँचजनाको मृत्यु भएको छ । घटनामा २७ जना घाइते भएका छन् । जनकपुरका विमलशरण् दासको घटनास्थलमै मृत्यु भएको हो भने अस्पताल ल्याउँदै गर्दा मृत्यु हुनेहरुमा मिथिला नाट्यकला परिषद् जनकपुरकी रञ्जु झा, झगरु मण्डल तथा सुरेश उपाध्याय रहेका छन् । घटनामा नाम नखुलेको अर्को एकजना महिलाको पनि मृत्यु भएको बताइएको छ । घाइते हुनेहरुमा मिथिला राज्य सङ्घर्ष समितिका संयोजक परमेश्वर कापड, रामानन्द युवा क्लबका अध्यक्ष नविन मिश्र, अशोक दत्त, मनमोहन साहलगायतका रहेका छन् । त्यस्तै घाईतेहरुमध्ये केहीको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने ९ जना घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

मिथिला राज्यको माग गर्दै आन्दोलनरत मिथिला राज्य सङ्घर्ष समितिले आह्वान गरेको आन्दोलन चलिरहेको बेला बिहान १० बजेर ३ मिनेट जाँदा गराइएको बम विस्फोटलाई जनकपुरको इतिहासमा अहिलेसम्मकै ठूलो विस्फोट मानिएको छ । यता बम विस्फोटको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेको व्यक्तिको नाम नखुलाएपनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । प्रत्यक्षदर्शीका अनुसार ज १ प ९३९५ को मोटरसाईकलमा बम रहेको थियो । यता मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको र घटनामा संलग्न रहेको शङ्कमा ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको सङ्घर्ष समितिका एक सदस्यले जानकारी दिए । विस्फोटका कारण रामान्नद चोकमा व्यापक प्रहरीहरुको परिचालन गरिएको छ भने जनकपुर बजारलगायत कलकारखाना, यातायात सङ्घर्षले बन्दको आह्वान गरेका छन । यता जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुुक्ति समूहले स्थानिय सन्चारकर्मीहरुलाई टेलिफोन गरि घटनाको जिम्मा लिएका छन् ।

यसैबीच बम विस्फोटको विभिन्न संघसस्थाहरुले भत्र्सना गरेका छन् । आन्दोलनरत मिथिला राज्य संघर्ष समिति, नेपाल पत्रकार महासंघ धनुषा, मधेशी पत्रकार समाज, नेपाल प्रेस युनियनलगायतका संघसंस्थाहरुले घटनाको भत्र्सना गरेका छन् । त्यस्तै पुनरावेदन अदालत नजिक रहेको एमाले पार्टी कार्यालय जनकपुरमा पनि गएराति बम विष्फोट भएको छ । गएराति करिब १० बजेतिर सो कार्यालयमा बम विष्फोट भएकोे छ । तराई मधेश स्टुडेन्ट लिबरेशन फ्रन्टका ‘प्रकाश’ भन्ने विद्यार्थीले सञ्चारकर्मीहरुलाई बम विष्फोट गराएको जानकारी दिएका छन् । बम विष्फोटबाट समान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यता बम विष्फोटमा संलग्न रहेको आशंकामा तिन जनालाई प्रहरीले पक्राउ गरेको स्रोतको दाबी छ । तर प्रहरीले अहिलेसम्म स्पष्ट गर्न सकेका छैनन् ।

Related

राष्ट्रिय 7041327833394029938

1 commentDefault Comments

  1. यो एक दम दुःखद घटना हो । यसमा जस्को जुन पार्टीको भए पनि कडा भन्दा कडा सजाय दिन पर्छ ।

    ReplyDelete

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item