दुई नम्वर डिभिजनमा पुनवर्गिकरणको काम सकियो
http://sindhulidarpan.blogspot.com/2012/04/sindhuli-news_18.html
सिन्धुली,वैशाख ६ ।
सिन्धुलीको दुधौलीमा रहेको माओवादी लडाकुको २ नं. डिभिजनमा पुनवर्गिकरणको काम सकिएको छ । मंगलवार भएको पुनवर्गिकरण प्रक्रियामा १ सय जना लडाकुले स्वेच्छिक अवकाश रोजेका छन । यो सँगै डिभिजनवाट स्वेच्छिक अवकाश रोज्ने लडाकुको संख्या ४ सय ४६ पुगेको छ ।
शिविरमा रहेका करिव ६० प्रतिशत लडाकुको स्वेच्छिक अवकाश लिएका छन् । स्वेच्छिक अवकाश लिनेमा सिपाही देखि सह–कमाण्डर सम्म रहेका छन । अवकाश लिनेमा डिभिजन सहकमाण्डर उत्तम पाण्डे र विगे्रड कमाण्डर अशोक सहित मंगलवार ४ सय ४६ लडाकुले स्वेच्छिक अवकास लिएका हुन । अन्य ३ सय ५९ समायोजनमा जाने भएका छन् ।
स्वेच्छिक अवकाश रोज्ने सम्पूर्ण लडाकुलाई मंगलवारै शिविरवाट विदाई गरिएको सेना समायोजन विशेष समितिका सदस्य रामानन्द मिश्रले बताउनुभयो । डिभिजनमा ८ सय ७ जना लडाकु वस्दै आएकोमा विचमै २ जनाले शिविर छाडेका थिए । दुई नम्वर डिभिजन कमाण्डर (आफु)सुकवहादुर रोकाय (सरद),सह–कमाण्डर सन्जीव लामा, व्रिगड कमाण्डहरु भिमदत्त खड्का,ज्ञानेन्द्र वहादुर गुरुङ्ग,विमला पन्त,पदम मगर,वुद्धकुमार साक्य,दुतराज योन्जन ,भिमपुन मगर, मात्रीका भट्टराई लगाएतका साथीहरु समायोजनमा जाने कमाण्डर रोकायले वताउनुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !