हर्षाही रेडक्रस उपसाखाको साधारण सभा सम्पन्न


ध्रुवचन्द्र खड्का/अन्जु तामाङ्,
सिन्धुली,वैशाख ६
नेपाल रेडक्रस सोसाईटी हर्षाही उपशाखाको साधारणसभा मगंलवार एक कार्यक्रम विच संम्पन्न भएको छ । हर्षाही उपशाखाका सभापति शान्ति प्रसाद दाहालको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाईटी सिन्धुली शाखाका पुर्व सभापति कुलमणी आचार्यको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । सभामा वोल्दै प्रमुख अतिथी आचार्यले रेडक्रसले पछिल्लो समयमा नागरीकको समस्या बुझेर काम गरेको र जति पनि उपशाखाहरुले गरेको कार्यक्रममा जिल्ला शाखाले सहयोग गरेको वताउनुभयो । 

साथै वहाँले भोलीका दिनहरुमा पनि रेडक्रसले सहयोग गर्ने प्रतिवद्धता सहित सवै नागरीकलाई पनि सहयो गर्न अनुरोध गर्नु भएको छ । हर्षाही गाविसलाइ खुला दिसामुक्त क्षेत्र घोषणा गर्न र खानेपानीको व्यवस्था गर्नका लागि रेडक्रस जिल्ला शाखाले ३० लाख रुपैँया आर्थिक सहयोग गरेको छ ।

योजना अन्तरगत  शौचालय निर्माण र खानेपानीको व्यवस्थाका लागि काम अगाडि वढिरहेको परियोजना अधिकृत उमाशंकर यादवले वताउनुभयो । साधारण सभामा एकिकृत माओवादीका रामविलास अधिकारी दनुवार, काँग्रेसका वद्रिनाथ अधिकारी दनुवार, एमालेका राजकुमार कुमर, समाजसेवी लगायत स्थानियको उपस्थिती रहेको थियो ।

Related

स्थानिय 7896762784527134683

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item