बम बिस्फोटमा परि मृत्यु हुनेहरुको आज शब यात्रा

जनकपुर,वैशाख १९ । 
मिथिला राज्यको माग गर्दे हिजो धर्नामा बसि रहेको समयमा गराईएको बम बिस्फोटको आशँकामा प्रहरीले दुई जनालाई प्रकाउ गरेको छ । पक्राउ पर्नेहरुमा मोटरसाईकल चालक जयनारायण साह र मोटरसाईकलको पछाडी बसेका जय नारायण देब रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यता सँघर्ष समितिले आज बिहान साढे ९ बजे जनकपुर अन्चल अस्पताल बाट शव यात्रा निकाल्ने भएको छ । समितिका अनुसार शवलाई जनकपुरको परिक्रमा गराउदै आजै अन्तिम सँस्कार गरिने छ । बम बिष्फोट भए लगत्तै नेपाल सरकार गृह मन्त्रालयले घटनाबारे अनुसन्धान गर्न तीन सदस्यीय अनुसन्धान टोलि जनकपुर पठाएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी बसन्त राज गौतमले सरकारले घटनाबारे अनुसन्धान गर्न प्रहरी नायब उपरिक्षक भूपेन्द्र खत्रीको नेतृत्वमा ३ सदस्यीय टोलि जनकपुर पठाएको जानकारी दिनुभयो । टोलिले हिजोदेखि नै अनुसन्धानको कामकाज सुरु गरिसकेको प्रजिअ गौतमले बताउनुभयो ।

मृतकलाई शहीद घोषणा, राहत र घाईतेहरुको उपचार खर्च उपलब्ध गराउन सरकार समक्ष सिफारीश गरिएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी बसन्त राज गौतमले घटनापछि मृतकको परिवारजनलाई तात्कालै शहीद घोषणा गरी राहत उपलब्ध गराउन आग्रहसहितको पत्र गृहमन्त्रालय पठाईसकिएको जनाउनुभयो । एकीकृत नेकपा माओवादीले प्रस्तुत गरेको राज्य पुनसंर्रचनाको प्रस्तावमा मिथिला राज्य हटउनु पर्ने र मधेशी मोर्चाले समेत यसमा समर्थन गरेको  भन्दै जनकपुरमा मिथिला राज्य संघर्ष समितिले आन्दोलन सुरु गरिरहेको समय हिजो बम बिस्फोट भएको थियो ।
मृत्यु भएकाहरुमा जनकपुर नगरपालिका वडा नं ८ बस्ने वर्ष ४० का बिमल शरण राउत कुर्मी, जनपा ४ बस्ने मिथिला नाट्यकला परिषद्की सदस्य रञ्जु झा, जनपा ४ बस्ने सुरेश उपाध्याय र जनपा १० का झगरु दास रहनु भएको छ । राउतको विष्फोट भएलगत्तै तात्काल घटनास्थलमै मृत्यु भएको हो भने उपाध्याय, झा र मण्डलको उपचारका लागि अञ्चल अस्पताल जनकपुरमा ल्याउनुभन्दा अगाबै मृत्यु भएको अस्पताल स्रोतले जनाएको हो ।

Related

राष्ट्रिय 619569035484926181

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item