लक्ष्मी समाजबाट बहिस्कृत

उमा पौडेल ,
सिन्धुली,वैशाख १९ । 
पोखरामा रहेका आफ्ना भाईलाई बुहारीको बारेमा अनेकौ कुरा लगाउने सिन्धुलीको कनपा ६ रातमाटाकी लक्ष्मि थापालाई समाजबाट बहिस्कृत गरिएको छ । थापाको समाजीक स्तर समेत नराम्रो भएको बताउदै छिमेकिहरुले बहिस्कृत गरेका हुन् ।  दिदीको कुरा सुनेर आफ्नी श्रीमति र छोरी मार्ने हर्कत गर्ने सिन्धुलीको कनपा ६ रातमाटाका सुरेश थापा र उनी दिदी लक्ष्मी थापाले फेरी यस्तो घटना नदोह्रोरयाउने सहमति पछि प्रहरीले हिजो उनीहिरुलाई छाडेको थियो । प्रहरी हिरासतबाट छुटेपछि लक्ष्मिलाई सम्झाउन आएका पिडित सुसिलाका बुवा र दिदिमाथी पुन नराम्रो ब्यवहार गरेपछि कहिले नसुध्रिने प्रबृत्तिको महिला भन्दै उनलाई समाजबाट बाहिस्कृत गरिएको स्थानीयले बताएका छन् । उता सिन्धुलीका शिक्षहरुले लक्ष्मिले शिक्षा पेशामाथी नै दाग लाग्ने काम गरेको भन्दै चिन्ता प्रकट गरेका छन् ।  उनको यो गतिबिधिबाट शिक्षक प्रतिको बिीश्वास घटेको उनिहरुले बताएका छन् ।

Related

स्थानिय 883116136448246323

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item