आज कानून दिवस

काठमाण्डौ,वैशाख २६ । 
आज ६१औं कानून दिवश, न्यायपालिका स्वतन्त्र भएको दिनको सम्झनामा देशभर बिभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ । २००७ सालको क्रान्तिपछि कार्यपालिकाबाट न्यायपालिका स्वतन्त्र बनाइएको थियो । अदालत र कानून स्वतन्त्र नभएसम्म मानव अधिकारको उसम्मान हुननसक्नेमा जोड दिदै हरेक बर्ष आजको दिन कानून दिवस मनाउने गरिएको छ । कानून दिवसको अवसरमा नेपाल बार एशोसिएसन लगायतका बिभिन्न कानूनसँग सरोकार राख्ने संघसङ्गठनहरुले आज अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गर्दैछन् ।
कानून दिवसको अवसरमा प्रधानन्यायाधीश खिलराज रेग्मीले जनतालाई शुद्व एवम् निष्पक्ष न्याय प्रदान गर्ने उद्देश्यले अग्रसर रहँदारहँदै पनि वर्तमान न्यायपालिका चुनौतिबिहीन संस्थाको रूपमा विकास हुन नसकेको बताउनुभएको छ । शुभकामना सन्देशमा मुद्दाको कारबाही तथा फैसलामा भएको ढिलाइ, फैसला कार्यान्वयनमा देखापरेका समस्या, सबैको न्यायमा सहज पहुँचको अभाव, विकृति विसङ्गति तथा जनशक्तिमा उच्च मनोवल कायम राख्नेजस्ता विषयहरू मुलुभूत समस्याको रूपमा रहेको  प्रधानन्यायाधीश रेग्मीले औंल्याउनु भएको छ । प्रधानन्यायाधीश रेग्मीले स्वतन्त्र न्यायपालिकाको यिनै महत्वपूर्ण पक्षलाई मनन गरी निर्माण हुन लागेको लोकतान्त्रिक संविधानमा न्यायपालिकाको स्वतन्त्रताको पूर्ण सुनिश्चितता गराउन कानुन दिवसले थप प्रेरणा प्रदान गर्ने पनि विश्वास व्यक्त गर्नुभएको छ ।
त्यसैगरी नेपाली काङ्ग्रेस सभापति सुशील कोइरालाले पूर्ण लोकतन्त्रमा अघि जाने प्रत्याभूति केवल उदार लोकतान्त्रिक पद्धतिले मात्र प्रदान गर्ने र पूर्ण लोकतन्त्रमा मात्र स्वतन्त्रता र निष्पक्ष न्यायको परिकल्पना र विकास हुुने बताउनु भएको छ ।कानून दिवसको अवसरमा सभापति कोइरालाले दिएको शुभकामना सन्देशमा लोकतान्त्रिक मूल्य र मान्यताको जगेर्ना गर्दै संवैधानिक सर्वोच्चता र विधिको शासन कायम गराउने महत्वपूर्ण जिम्मेवारी न्यायपालिकाको हुने जनाइएको छ । उहाँले नेपालका प्रत्येक आन्दोलन र प्रत्येक परिवर्तनमा कानून व्यवसायीहरूको भूमिको महत्वपूर्ण रहँदै आएको बताउँदै स्वतन्त्रता र पूर्ण तोकतन्त्रका लागि कानूनव्यावसायीको महत्वपूर्ण योगदानलाई नेपाली काङ्ग्रेसले उच्च सम्मान गर्ने बताउनुभएको छ ।

Related

राष्ट्रिय 8563509698678115736

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item