पुलिसको यात्रा समाप्त

कम्बोडिया, बैशाख २५  । 

नेपाल पुलिस क्लव एएफसी प्रेसिडेन्ट्स कप फुटवल प्रतियोगिताको समुह चरणबाटै बाहिरिएको छ । कम्बोडियाको नोम पेन्हमा रहेको नेशनल ओलम्पिक स्टेडियममा सोमवार घरेलु टोली नोमपेन क्राउनसँग एक शुन्यले पराजित हुँदै पुलिस समुह चरणबाटै बाहिरिएको हो । नोम पेन्ह क्राउनलाई जिताउन खेलको एक मात्र गोल खिम बोरेले खेलको २१ औं मिनेटमा गरेका थिए ।

पहिलो खेलमा शनिवार डोरडोई बिस्केकसँग ५ – १ ले पराजित भएको पुलिसले सोमवार बर्षाले हिलो भएको मैदानमा राम्रो खेले पनि हार टार्न भने सकेन । सोमवार भएको पहिलो खेलमा डोरडोइ विस्केकले भुटानको एट्जिन क्लवलाई २ का विरुद्ध ११ गोलको भारी अन्तरले पराजित गरेको छ । यो नतिजासँगै डोरडोई बिस्केक र नोमपेन क्राउन अघिल्लो चरणमा पुगेका छन् । प्रतियोगिताबाट बाहिरएको अर्को टोली एट्जिन क्लवसँग पुलिसले अब वुधवार अन्तिम खेल खेल्ने छ ।

Related

प्रमूखखबरहरु 7596466122854620999

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item