बन्द, हडतालले एसएलसीको परीक्षाफल ढिला प्रकाशन हुने

http://sindhulidarpan.blogspot.com/2012/05/s_1671.html
भक्तपुर, जेठ १० । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले लगातारको बन्द हडतालका कारण यसवर्षको प्रवेशिका परीक्षाको परीक्षाफल ढिला प्रकाशन हुने जनाएको छ । बन्द, हडतालका कारण परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण गर्न र परीक्षण सकिएका उत्तरपुस्तिकालाई परीक्षा नियन्त्रण कार्यालयसम्म ल्याउन अवरोध पुगेकाले लक्षित समयमा परीक्षाफल प्रकाशित गर्न समस्या पर्ने भएको सो कार्यालयका परीक्षा उपनियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताउनुभयो ।
विभिन्न जिल्लामा अझै पनि बन्द जारी रहेको र यस्तै परिस्थिति रहेमा परीक्षाफल समयमै प्रकाशन गर्न समस्या पर्ने उहाँको भनाइ थियो । कार्यालयले परीक्षण सकिएका उत्तरपुस्तिका कार्यालय ल्याउन थालेको बताउँदै उहाँले बन्द जारी रहेका क्षेत्रका उत्तरपुस्तिका भने सुरक्षा स्कटिङ गरेरै भए पनि ल्याएर जतिसक्दो छिटो परीक्षाफल प्रकाशन गर्न प्रयास गरिने बताउनुभयो । असारको दोस्रो सातासम्ममा परीक्षाफल प्रकाशित गर्ने लक्ष्य राखेको उहाँले जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !