व्यापक जंगल फडानी

मिनकुमार दाहाल,सिन्धुली,जेठ १० । सहस्रधारा सामुदायीक वन उपभोक्ता समुह सिन्धुलीका अध्यक्ष र कोषाध्यक्षको मिलेमतोमा व्यापक जंगल फडानी भएको भन्दै स्थानिय उपभोक्ताहरुले उनीहरुलाई कारवाही गर्न जिल्ला वन कार्यालयमा उजुरी दिएका छन् । सामुदायीक वन उपभोक्ता समुहका अध्यक्ष खिलकुमार हायु र कोषाध्त्तयक्ष रेवतीप्रसाद दाहाल स्वयम जंगल फडीमा संलङ्गन भएको किटानी सहितको उजुरी स्थानिय उपभोक्ताहरुले जिल्ला वन कार्यालयमा दर्ता गराएका छन् । 
समुहका पदाधिकारीहरु आफैले अवैधरुपमा जंगल फडानी भएको भन्दै सहस्रधारा सामुदायीक वन उपभोक्ता समुहका उपभोक्ता हरि गिरी,पुण्डरी रम्तेल र विष्णु गिरीले सामुहीक उजुरी जिल्ला वन कार्यालयमा दिएका हुन । सामुदायीक वन क्षेत्र भित्रका खयर,रातवृक्ष,जामुन जातका सयौ रुख जिल्ला वन कार्यालयका अनुमति विना काटिएको छ उजुरीमा उल्लेख गरिएको छ । जिल्ला वन कार्यालयका प्रमुख जीवनकुमार ठाकुरले सहस्रधारा सामुदायीक वन उपभोक्ता समहुलाई काठ काट्ने अनुमति नदिएको वताउनुभयो । अनुमति विना जथाभावी काठ काट्ने वन समुहका पदाधीकारीहरुलाई कारवाही गर्न इलाका वन कार्यालय कपिलाकोटलाई निर्देशन दिएको जिल्ला वन कार्यालयका प्रमुख जीवनकुमार ठाकुरले वताउनुभयो ।

अनुमति विना काटिएका रुखहरुको काठ संकलन गरी समितीका पदाधीकारीहरुलाई पक्राउ गर्न जिल्ला वन कार्यालयले आदेश दिएको छ । नेपाल सरकारले हरियो रुख काट्न प्रतिवन्ध लगाए पनि समुहका पदाधिकारीहरुनै जंगल फडानी गर्न लागि परेको स्थानिय उपभोक्ता विष्णु गिरीले वताउनुभयो ।

Related

स्थानिय 5379356429693278668

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item