नक्कली छोरा बनाई नागरिकता बनाइदिने पक्राउ

उमा पौडेल, सिन्धुली,जेठ ९ । नक्कली व्यक्तिलाई आफ्नो छोरा भएको भन्दै नेपाली नागरिक्ता वनाई दिने सिन्धुलीको वेलघारी गाँउ विकास समिती ८ का भीमवहादुर गोले र भक्तमाया गोलेलाई जिल्ला प्रशासन कार्यालयले पक्राउ गरी जेल चलान गरेको छ । जिल्ला प्रशासन कार्यालयले नक्कली छोरा वनाएर नागरिक्ता वनाइ दिने भीमवहादुर र भक्त मायासँग ३२ हजार ५ सय  धरौटी माग गरेको थियो । घरौटी रकम वुझाउन नसकेपछि गोले परिवारलाई कारागार चलान गरिएको हो । 


वेलघारी गाविसका भीमवहादुर गोले र श्रीमती भक्तमाया गोलेले सर्लाही घर वताउने विनोद गोलेले तीन हजार रुपैयाँ दिने प्रलोभनमा निजलाई आफ्नै छोरो भएको भन्दै नागरिक्ता वनाइ दिएका थिए । जिल्ला प्रशासन कार्यालयले २०६८ साल माघ २६ गते २०१०४०२०६ नम्वर को नेपाली नागरित्ता दिएको सहायक प्रमुख जिल्ला अधिकारीले विमलकुमार पोखरेलले वताउनुभयो । नक्कली छोरा वनेर नागरित्ता लिएका  विनोदको नागरिक्ता वदर गरी त्यसको जानकारी ७५ वटै जिल्ला प्रशासन कार्यालयले दिने तयारी भइरहेको प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले विनोद गोले भुटानी सरणार्थी भएको आशंका गरेको छ । अहिले विनोद फरार रहेका छन् ।

Related

स्थानिय 1842284433110059448

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item