बन्दकर्ताद्वारा दोलखामा व्यापारिमाथि दुव्र्यवहार

 दोलखा,जेठ ९ । पहिचान सहितको संघीयताको मागगर्दै बन्द गराउँदै हिडेका बन्दकर्ताले दोलखाका व्यापारीमाथि हातपात गरेका छन् । वन्दकर्ताले पसल बन्द नगराएको भन्दै सातदोबाटो चोक नजिक रहेको साजन कोल्ड स्टोरका प्रोपाइटर शंकर खडगी र उहाँका पत्नि उर्मिलामाथि हातापात गरेका हुन् । 

बन्दकर्ताले व्यापारीलाई हातपात गर्न थालेपछि स्थानीयबासी प्रतिकारमा उत्रिएका थिए । अहिले सातदोबाटो चोकमा व्यापक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । बन्दले गर्दा दोलखाको सबै वजार ठप्प भएको छ भने कुनै पनि सवारीका साधन सञ्चालनमा आउन नसकेको प्रहरीले जनाएको छ ।



Related

विविध 1486419189546880247

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item