पहिरोले पुरीदा ४ किशोरको मृत्यु

 ताप्लेजुङ,जेठ ९ । धनकुटाको बोदेमा गएराति पाहिरोमा पुरिएर ४ किशोरको मृत्यु भएको छ । बोदे ४ सराम्बगर स्थित तमोरनदीको किनारमा रहेको ओडारमा ओत लागेका उनीहरुलाई बर्षासँगै माथिबाट झरेको पहिरोले पुरेको हो । ज्यान गुमाएका स्थानिय १६ बर्षका झमक याख्या, १५ बर्षका सुनिल गुरुङ र १३ बर्षका टीकाराम गुरुङ्गको मात्रै सनाखत भएको छ ।


 करिब १६ बर्षका राई थरका अर्का एक जनाको भने नाम खुल्न नसकेको स्थानिय राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो । सुनिल र टीकाराम दुई दाजुभाई हुन् । घटनाका बेला सँगै रहेका उनीहरुका दाजु सुमन भने भागेर बाँच्न सफल भएका छन् । तमोर नदीमा माछा मार्न गएका उनीहरु पानी परेपछि ओडारमा ओत लागेका थिए ।


Related

राष्ट्रिय 6137332340232061369

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item