विशिष्ट योगदान पु¥याएरका व्याक्तिलाई सरकारद्धारा सम्मान

काठमाण्डौ,जेठ ९ । सार्वजनिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएका झण्डै ३ सय जनलाई सरकारले आज सम्मान गरेको छ । विभिन्न क्षेत्रमा योगदान पु¥याएरका २ सय ७० जना ब्यक्तिहरुलाई सरकारले आज विहान विभिन्न विभुषणवाट सम्मान गरेको छ । विभुषीत विभिन्न व्यक्तिहरुलाई राष्ट्रवपति भवन शीतल  निवासमा विहान एक विशेष समारोहमा राष्ट्रपति डा रामवरण यादबले बिभुषण प्रदान गर्नभएको हो । राष्ट्रपति डा रामवरण यादबले सरकारको सिफारिसमा गत जेठ १५ मा सार्वजनिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएरका २ सय ७० जनालाई मानपदवी, अलंकार र पदक प्रदान गरेको घोषणा गर्नु भएको हो ।

  घोषित २ सय ७० मध्ये २ सय १९ ले मात्र मानपदबी ग्रहण गरेका छन । बाँकी ५२ जानले भने विभुषण बहिष्कार गरेका छन् । सरकारले घोषणा गरेको मानपदबी कार्यवाहाक प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, प्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य पत्रकार कनकमणि दीक्षित, युवराज घिमिरे लगायतले बहिष्कार गर्नु भएको छ । कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री लगायत सरकार विशिष्ठ व्यक्तिहरुको उपस्थिति थियो । त्यसअघि बिहान विभूषण वितरण बारे राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल भएको थियो ।

Related

राष्ट्रिय 9151277725246981292

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item