खुकुरी हान्ने पक्राउ

http://sindhulidarpan.blogspot.com/2012/05/s_4912.html
पोष्टराज पहाडी सिन्धुली, जेठ ९ । काठ ठेकेदार कृष्ण प्रसाद कालाखेतीमाथी आक्रमणको घटनामा संलग्न अमर घलानलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पक्राउ गरि घटनाका सम्बन्धमा अनुसन्धान थालेको छ । सिन्धुलीको भद्रकाली ९ घर भएका घलानले आफ्नै साथीसँग मिलेर कालाखेती माथी खुकुरी प्रहार गरेको भनी खुल्न आएकोले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
खोजीकार्य जारी रहेकोले प्रहरीले अर्काे एक जना आक्रमणकारीको नाम भने सार्वजनिक गरेको छैन । प्रहरी नायव उपरिक्षक सानुराम भट्टराईले हाल अनुसन्धान भइरहेको र फरार रहेको अर्को एक जना आक्रमणकारीको पनि खोजिकार्य जारी रहेकोले अनुसन्धानका क्रममा थप अन्य कुरा खुल्न सक्ने बताउनुभयो ।
मकवानपूर जिल्लाको हाँडीखोला वडा नंम्बर नौ घर भइ हाल सिन्धुलीको कमलामाई नगरपालिका वडा नंम्बर ६ स्थित २ नंम्बर बजारमा बसी काठ ठेकेदारको रुपमा काम गर्दे आएका कालाखेतीलाई २०६८ फागुन १२ गते सिन्धुलीको कमलामाई नगरपालीका ६ पशु सेवा कार्यालय नजिकै अगाडी खुकुरी प्रहार गर्नुका साथै मोटरसाईकलले हानी फरार भएका थिए । वसपार्कवाट १ नंम्वर बजार तर्फआउदै गर्दा उनी माथी पछाडीबाट खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहार गर्दा उनलाई नलागे पछि आक्रमणकारीले मोटरसाईकलले ठक्कर दिई घाईते वनाएका थिए । आक्रमणपछि आक्रमणकारीले मोटरसाईकल र खुकुरी घटना स्थलमै छोडेर फरार भएका थिए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !