सवारी दुर्घटनाको जोखिममा सिन्धुलीमामाढी बजार

पोष्टराज पहाडी,सिन्धुली,वैशाख ९ । सवारी दुर्घटना हुने सिन्धुलीका विभिन्न स्थानहरुमध्ये सिन्धुलीको सदरमुकाम माढीबजार पनि एक सम्भावित क्षेत्रको रुपमा चिनिने बिन्दुमा पुगेको छ ।  सिन्धुलीको बसपार्कबाट २ नंम्बर बजारस्थित शुभेच्छा चलचित्र मन्दिरको अगाडी सम्मको सडकमा दुर्घटना हुने खतरा बढी रहेको छ । सिन्धुलीको मुख्य बजारको रुपमा चिनिने स्टलबजार, एक नंम्बर बजार र दुई नंम्बर बजारमा मानिसको बढी घुइचो हुने हुँदा यस क्षेत्रमा सवारी दुर्घटना हुनसक्ने खतरा बढी रहेको हो । 
केहि समय अघिमात्र कमलामाई नगरपालिकाको कार्यालय अगाडीबाट तल्लो स्टलबजार र माथिल्लो स्टलबजारमा एक तर्फि रुपमा सवारी साधन सञ्चालन गर्न थालिए पछि त्यस क्षेत्रमा भने सवारी दुर्घटनाको खतरा न्यून रहेता पनि मुख्य बजार एक नंम्वर बजार र दूई नंम्बर बजारमा दुवै तर्फी सवारी सञ्चालन हुने हुनाले त्यस क्षेत्रमा भने सवारी दुर्घटनाको खतरा बढी रहेको छ । 
सवारी दुर्घटनाको खतरा रहेको सो एक नंम्वर बजार र दुई नंम्वर बजारमा भवन तथा घर निर्माणका लागि राखिएका निर्माण सामाग्रीले पनि सवारी दुर्घटनाको खतरा बढाएको बताउछन् सर्वसाधरण सन्तोष पहाडी । पहाडीका अनुसार सडक छेउमा थुपारिएका निर्माण सामाग्री मात्र सवारी दुर्घटनाको कारण नभई व्यापारी वर्गहरुले आफ्नो व्यापारीक सामान सडकको पेटीसम्म राखिदिनाले पनि दुर्घटनाको खतरा हुने गर्दछ  । उनका अनुसार पैदल यात्री हिड्ने सडक पेटीम व्यापारिक सामान र निर्माण समाग्री थुपारिदिनाले पैदल यात्री सडकको विचबाटनै हिड्न बाध्यहुने र मानिस बिच बाटोमा हिडिदिनाले सवारी सञ्चालनमा बाधा उत्पन्न भई  सडक दुर्घटना बढन सक्ने सम्भावना रहेको छ ।  
सिन्धुलीको मुख्य बजार मानिने यस क्षेत्रमा धेरैजसो सरकारी तथा निजी संघ÷संस्थाका कार्यालयहरु पर्दछन् । यस क्षेत्रमा अन्य बजारको तुलनामा बढी व्यवसाय सञ्चालनमा छन् । मानिसको घूइचो, व्यापारीक तथा निर्माण समाग्री त छ दै छ त्यसमा पनि साप्रा माथी पिडुलो भने झै यहि  क्षेत्रमा अव्यवस्थित पार्कीङ हुने गरेको पाइन्छ । यसरी अव्यवस्थित एवं सडकको छेउ–छाउमै सवारी पार्कीङले गर्दा पनि सवारी दुर्घटना हुने सम्भावना बढी छ । 
यसरी मानिसको घुइचो हुने स्थानमा सवारी दुर्घटना न्यूनिकरणको लागि ठाँऊ–ठाँऊमा स्पिड ब्रेकर राख्नुपर्ने बताउनुछन् उद्योगबाणीज्य संघका प्रथम उपाध्यक्ष विनेश कुमार श्रेष्ठ । श्रेष्ठका अनुसार विभिन्न स्थानमा स्पिड ब्रेकर राखिदियो भने चालकहरुले तिब्रगतिमा गुढाइरहेका  सवारी साधनहरुको गति कम गर्नाले सवारी दुर्घटनाको न्यूनिकरण हुने गर्दछ । 
यस्तै एक नंम्बर बजार टोल सुधार समितिका अध्यक्ष नरेन्द्र विक मुख्य बजारको रुपमा चिनिने सिन्धुलीको माडीबजार क्षेत्रमा रहेका व्यापारीहरुलाई सडकमा व्यापारीक सामान नराख्नको लागी आग्रह गरेर सडक छेऊमा रहेका व्यापारीक सामान हटाउनाले सडक दुर्घटनाको कमी गर्न सकिने बताउछन्  । उनले आफुहरुले केहि दिन अघिमात्र आफुहरुले एक नंम्बर बजारमा रहेका व्यापारीहरुलाई सडक छेउमा राखिएका व्यापारीक सामान हटाउन लगाएको तथा खाल्टा–खुल्टी परेको सडकको खाल्टा–खुल्टी पुरेर सडक पुरेको भन्दै अन्य व्यापारी तथा बजार क्षेत्रमा बसोबास गर्ने स्थानियले पनि यसको सिको गर्नुपर्ने बताउनुभयो । 

Related

स्थानिय 6672057090302824657

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item