प्रअद्वारा भ्रष्टाचार: छानबिन समिति

राजविराज  जेठ ९ । जिल्ला प्रशासन कार्यालयले सप्तरी रायपुर– ९ स्थित कन्छु नरप्रताप उच्च माविका प्रधानाध्यापक समेत भएको भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ । 

 सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो । समितिमा जिल्ला शिक्षा कार्यालयका अधिकृतस्तरका एकजना कर्मचारी र जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत विष्णुरञ्जन बराल सदस्य हुनुहुन्छ । समितिले आगामी सात दिनभित्र प्रतिवेदन प्रस्तुत गर्नेछ ।

विद्यालयका प्रअ यादव समेत भएको भ्रष्टाचार मुद्दामा अनुसन्धानका लागि जिप्रकाले २०६३ देखि २०६८ सालसम्मको ३० थान आय–व्ययको सक्कल स्रेस्ता फाइल समेत नियन्त्रणमा लिएको छ । सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम यादवले प्रअ यादवविरुद्ध करिब रु एक करोडभन्दा बढी रकम हिनामिना गरेको जाहेरी दिनुभएको छ ।
प्रधानाध्यापक यादवमाथि जिल्ला शिक्षा कार्यालयबाट भवन निर्माणका लागि उपलब्ध गराइएको रु ६५ लाख, ब्लक निर्माणका लागि प्राप्त रु १९ लाख, उच्च मावि बनाउन गाविसबाट प्राप्त रु ६ लाख लगायत भ्रष्टाचार गरेको आरोप छ ।

Related

विविध 5770168951565637722

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item