महोत्तरीको दर्जनौँ भट्टी नष्ट

बर्दिवास, जेठ ९ । महोत्तरी जिल्लाको भारतीय सीमावर्ती क्षेत्रका बस्तीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा अवैध रक्सी भट्टी नष्ट गर्ने अभियान सञ्चालन गरेको छ ।

प्रहरी प्रशासनको संरक्षणमा नै अवैध रक्सीभट्टी सञ्चालनमा रहेको आरोप सार्वजनिक रूपमा लागिरहेकै बेला नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गएराति दर्जनौँ भट्टी नष्ट गरेको हो ।

संयुक्त टोलीले जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकाकै वडा नं १२ मा पर्ने मलिवारा टोलमा गए राति सञ्चालन गरेको अभियानमा एक हजार लिटरभन्दा बढी रक्सी नष्ट गर्दै १६ वटा ठुल्ठूला ड्रम र रक्सी चुहाउन प्रयोग हुने भाँडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्लाको भारतीय सीमावर्ती क्षेत्रका बस्तीमा अवैध रक्सीभट्टी सञ्चालन हुँदा आपराधिक गतिविधि बढेको भन्दै सो क्षेत्रका सर्वसाधारणले जिल्ला प्रशासन कार्यालयमा गुनासो गरेपछि भट्टी नष्ट गर्ने अभियान सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कर्णेलले जानकारी दिनुभयो ।

नष्ट गरिएका भट्टीका सञ्चालकले भने प्रहरीले मागे बमोजिम रकम आफूहरूले दिन नसकेपछि सामान नोक्सान गराइदिएको गुनासो गरेका छन् ।

मटिहानी, सीतापुर, हरिनमरी, लोहारपट्टी र धर्मपुर लगायतका गाविस बस्तीमा अहिले पनि प्रहरीकै संरक्षणमा ठुल्ठूला भट्टी सञ्चालनमा रहेको नाम बताउन नचाहने भट्टी नष्ट गरिएकाहरूले बताएका छन् । यता स्थानीय प्रहरी प्रशासनले भने जिल्लाका सबै क्षेत्रमा भट्टी नष्ट गर्ने अभियान सञ्चालन गरिएको जनाएको छ ।

Related

विविध 2065987654664521699

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item