नेपाली युवाको चीन भ्रमण

काठमाडांैँ, जेठ  ९ । नेपाल चीन युवा अनुभव आदानप्रदान कार्यक्रम अन्तर्गत ९९जना नेपाली युवा प्रतिनिधिमण्डल चीनको राजधानी बेजिङ र सिचुवान प्रान्तको भ्रमण गरी आइतबार राति स्वदेश फर्केको छ । 
नेपाल सरकार र जनवादी चीन सरकारबीच भएको द्विपक्षीय सम्झौता अनुसार यही वैशाख ३१–जेठ ७ गतेसम्म सांसद एवं पूर्व युवा तथा खेलकुदमन्त्री कमला रोक्का मगरको नेतृत्वमा युवा र शिक्षा मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् तथा राष्ट्रिय योजना आयोगका कर्मचारी, विभित्र राजनीतिक दलआबद्ध भ्रातृ सङ्गठनका युवा र विद्यार्थी सङ्गठनका पदाधिकारी, उद्योगी, पत्रकार, फोटोग्राफर, इन्जिनियर, युवा, विद्यार्थी, युवासम्बद्ध गैसस प्रतिनिधि, खेलाडी, चिकित्सक, सूचना प्रविधिकर्मी आदि सहभागी थिए । 

बेजिङस्थित नेपाली राजदूतावास, चीनको परराष्ट्र मन्त्रालय, चिनियाँ अन्तर्राष्ट्रिय रेडियो, अध्यक्ष माओको स्मारकस्थल, तियानमेन चोक, राष्ट्रिय सङ्ग्रहालयः पुनर्जीवनको मार्गमा, फर्बिडन सिटी, ग्रेटवाल, बेजिङ पोलिटेक्निक र एक्रोब्याट तथा सिचुवान प्रान्तका टिभी तथा इलेक्ट्रोनिक कम्पनी, भूकम्पस्थल, सिचुवान विश्वविद्यालय, युथ प्यालेस र बृहत्काय पान्डा आरक्षको भ्रमण तथा अवलोकन गरेको थियो ।
नेपाली युवा टोलीलाई बेजिङस्थित नेपाली दूतावासको आयोजनामा राजदूत डा महेश मास्केबाट स्वागत तथा अखिल युवा सङ्गठनका उपाध्यक्ष हुवा होङयान र सिचुवान प्रान्तीय कम्युनिस्ट पार्टीका उपाध्यक्ष चङ चि ह्वाको आतिथ्यमा स्वागत भोज कार्यक्रम राखिएको थियो । 
चीन भ्रमणपूर्व युवा मन्त्रालयका सचिव सुशील घिमिरेले नेपाल र नेपाली प्रतिष्ठा कायम राख्दै मित्र राष्ट्र चीनको प्रगतिबारे गहन ज्ञान हासिल गर्नका लागि शुभकामना दिई नेपाली युवालाई बिदाइ गर्नुभएको थियो । नेपाली युवा टोलीलाई अखिल चीन युवा सङ्गठनले भ्रमण व्यवस्थापन गरेको थियो ।  यसअघि सन् २०१० मा चिनियाँ युवाले नेपालको र २०११ मा नेपाली युवाले चीनको भ्रमण गरेका थिए । 

Related

राष्ट्रिय 6580753289679263212

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item