सिन्धुलीमा हतियार वरामद

मिनकुमार दाहाल,
सिन्धुली,वैशाख २५ । 


जिल्ला प्रहरी कार्यालयले विभिन्न हातहतियार र गोलिगठ्ठा वरामद गरेको छ । शनिवार राती गस्तीमा रहेको प्रहरीले २ थान नलकटुवा पेस्तोल,एस.एल.आर.को ४ राउन्ड गोली र ९एम.एम. पेस्तोलको २ राउन्ड गोली वरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

रातको समयमा गस्तीमा रहेको प्रहरीले सवारी चेक जाचँगर्ने  क्रममा नम्बर नखुलेको पलसर मोटरसाईकलमा आएका तीन जना अपरित व्यक्तिले प्रहरीलाई देख्ना साथ हतियार रहेको झोला फ्याकी भागेको प्रहरीले जनाएको छ । रातको समय भएकाले उक्त मोटर साईकल र सवार व्यक्तिको पहिचान गर्न नसकिएको कार्यालयले जनाएको छ । 

उदाहरणीय तस्विर 
हतियारधारीहरु मोटरसाईकलमा रहेको र चेकजाँच गर्ने प्रहरीहरुसँग सवारी साधन नभएकाले उनीहरुको पिच्छा गर्न नसकिएको प्रहरीको भनाई छ ।  मोटर साईकल सिन्धुलीकै मिनलचोक तर्फ भागेको कार्यालयले जनाएको छ । त्यस्ता कुनै संकास्पद व्यक्तिलाई देखेमा वा शंका लागेमा तत्काल प्रहरीलाई खवर गर्न पनि कार्यालयले जिल्लावासीलाई अनुरोध गरेको छ ।  

Related

स्थानिय 2611150615767592536

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item