रामेछाप कारागारले औषधीको भुत्तानी नदिएको खुलासा

http://sindhulidarpan.blogspot.com/2012/05/s_5392.html
उद्धवकुमार कार्की,
रामेछाप,वैशाख २५ ।
जिल्ला कारागार रामेछापले कैदी बन्दीहरुको लागि एक वर्षदेखि लगेको औषधीको भुत्तानी नदिदा आफु मर्काका परेको मेडिकल संचालकले गुनासो गरेका छन् । एक वर्षदेखि औषधि लगेको ४ लाख ५० हजार रुपौयाँ भुत्तानी नपाउँदा मर्कामा परेको मेडिकल रामेछपका संचालक दिनेश श्रेष्ठले गुनासो गर्नुभयो ।
जेलरको सिफारीसमा आफुले उधारो औषधी दिए पनि समयमै भुत्तानी नपाउँदा समस्या परेको उहाँको भनाई छ । भुत्तानीको लागि पटक पटक आग्रह गर्दा पनि भुत्तानी नपाएपछि केही समय औषधी रोके पनि चाडै भुत्तानी दिने आश्वासन पछि अति आवश्यक औषधी भने दिने गरेको श्रेष्ठको भनाइ छ । जिल्ला कारागार रामेछापमा अहिले २ सय १५ जना कैदि बन्दीहरु रहेको छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !