आकस्मिक विद्यालय बन्दले विद्यार्थी प्रभावित

http://sindhulidarpan.blogspot.com/2012/05/s_6770.html
काठमाडौं, वैशाख २५ ।
एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यनियन (अनेरास्ववियु) ले आज राजधानीका शिक्षण संस्था आकस्मिक रुपमा बन्द गराएको छ ।
एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यनियन (अनेरास्ववियु) ले आज राजधानीका शिक्षण संस्था आकस्मिक रुपमा बन्द गराएको छ ।
स्कुल आकस्मिक रुपमा बन्द भएपछि हज्जारौ विद्यार्थी प्रभावित भएका छन् । प्रहरीले आइतबार साँझ मशाल जुलुकमा रत्नपार्क नजिकै हस्तक्षेत्र गरेको बिरोधमा राजधानीका सम्पूर्ण विद्यालय बन्द गराएको अखिलले जनाएको छ । अखिलले विद्यालय आकस्मिक बन्द गराएपछि पठन पाठनका लागि स्कुल पुगेका विद्यार्थी केही कलास लिएर फिर्ता भएका छन् । प्याब्सनका अनुसार अनेरास्ववियुका नेताहरुले विद्यालय बन्द गर्न आकस्मीक रुपमा उर्दिजारी गरेपछि विद्यालय बन्द गरिएको जनाएको छ ।
अनेरास्ववियुले आकस्मिक रुपमा आह्वान गरेको विद्यालय बन्दका कारण राजधानीका हज्जारौ विद्यार्थी पठन पाठनबाट बन्चित भएका छन् । अनेरास्ववियुका कार्यकर्ताले राजधानीका आरआर, थापाथली ईन्जिनियर लगायतका क्याम्पस अगाडिपनि प्रदर्शन गरेर सवारी आवागमन प्रभावित बनाएको छ । अनेरास्ववियुको प्रदर्शनका कारण सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !