प्रेमीले अश्विकार गरेपछि विचल्ली...

http://sindhulidarpan.blogspot.com/2012/05/s_3497.html
महोत्तरी, वैशाख २५ ।
प्रेमीका लागि आफ्ना बाबु, आमा र दाजुभाइसँग विद्रोह गरेकी महोत्तरी किसाननगर–५ की वीणा पौडेलको बिचल्ली भएको छ । प्रेमी छाड्न नसकेर बाबुआमाले बिहे गराई दिएका दुलहाको घरबाट दुलही भित्रिएकै दिन भागेर फर्केकी वीणालाई आफ्नै छिमेकी गाउँका प्रेमी इन्द्रबहादुर खत्रीले स्वीकार नगरेपछि उहाँको बिचल्ली भएको हो ।

प्रेम चलिरहेकै अवस्थामा प्रेमी खत्रीको गर्भधारण गरेकी वीणा अहिले नौ वर्षकी छोरी स्वस्तिकालाई लिएर न्यायका लागि विभिन्न कार्यालय धाइरहनु भएको छ । आफूले बाबुआमाको करकापमा बिहे गर्नुपरेको भएपनि छोरी स्वस्तिका निर्दोष रहेकाले उसलाई खत्रीले लालनपालन गरिदिनु पर्ने वीणाको भनाइ छ । आफ्नै गाविस किसाननगर–३ का इन्द्रबहादुर खत्रीसँग छोरीको प्रेम सम्बन्ध थाहा पाएका वीणाका बाबुआमाले इज्जत जोगाउन भन्दै २०६० साल वैशाखमा सर्लाहीका एक केटासँग विवाह गरिदिएका थिए । बिहे भएकै दिन दुलहाको घरबाट भागेर प्रेमीको घर आएपनि खत्रीले अर्कैसँग बिहे गरेको भन्दै स्वीकार्न नमानेपछि उहाँ घरबारविहीन हुनुभएको हो ।
प्रेमीको नासो स्वरुप २०६० साल साउनमा जन्माएकी छोरी पनि अहिले नौ वर्षकी भइसकेकी छिन् । आफ्नो नागरिकता र छोरीको जन्मदर्ता हुन नसक्दा आफूलाई काम पाउन र छोरीलाई विद्यालय भर्ना गर्न नसकेको वीणाको दुखेसो छ ।
माइती घरको हेलाँ, प्रेमीको अस्विकार र बिहे भएको घर आफैले त्यागेपछि वीणाले भौंतारिनु परेको छिमेकी बताउँछन् । यता प्रेमी खत्रीले छोरी आफ्नो भएको अस्विकार नगरे पनि अर्कैसँग बिहे भइसकेकाले बिणालाई अपनाउन नसक्ने बताउनुभयो । वीणाको नागरिकताका लागि सिफारिस गर्न र उहाँकी छोरीको जन्म दर्ता गर्न कानुनी जटिलता भएको किसाननगर गाविसका सचिव भानुभक्त ढुङ्गानाको भनाइ छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !