परम्परागत ढिकी, जाँतो लोप हुँदै
http://sindhulidarpan.blogspot.com/2012/05/s_4081.html
राजविराज, वैशाख २४ ।
ग्रामीण समुदायले परम्परादेखि खाद्यात्र कुटानी, पिसानी गर्न प्रयोग गर्दै आएको ढिकी–जाँतो प्रयोगविहीन भएका कारण क्रमशः लोप हुँदै जान थालेको छ । आधुनिक विद्युतीय तथा डिजेलका मिलहरु जिल्लाका गाउँ–गाउँमा स्थापना हुन थालेपछि परम्परागत ढिकी, जाँतो लोप हुन थालेका हुन् ।
धार्मिक दृष्टिकोणले मात्रै होइन, वैज्ञानिक तथा वातावरणीय दृष्टिकोणले पनि ढिकी, जाँतो अत्यन्त महत्वपूर्ण भएकाले यो लोप तथा दुर्लभ हुँदै गएकामा ग्रामीणवासीहरूले चिन्ता व्यक्त गरेका छन् । यद्यपि यो निकै शारीरिक श्रम पर्ने र यसको प्रयोग महिलाले नै गर्नु पर्ने भएकाले यसले महिलाको शारीरिक शोषण गरेको भनाइ अधिकारकर्मीको छ ।

विद्युतीय र डिजेलका मिलहरु गाउँ–गाउँ र टोलटोलमा स्थापित भएकोले जिल्लाका ग्रामीण भेगमा समेत मिलको प्रयोग अत्यधिक बढेको घरेलु तथा साना उद्योग कार्यालय सप्तरीले जनाएको छ । ढिकी, जाँतोले कुटे, पिसेको खाद्यात्र स्वादिलो हुने भए पनि लोप हुन थालेकाले हिजोआज मानिसहरूले यसबाट कुटेको, पिँधेको च्युरा, चामल, पिठो खान नपाउने अवस्था सिर्जना भएको छ ।
सप्तरीको रायपुर–१ की ७० वर्षीया करियाहीदेवी खंगलाई ढिकीमा कुटेको चामल र जाँतोमा पिँधेको पीठो नै मिठो लाग्छ । उहाँ भत्रुहुन्छ— ‘‘ढिकीको चामल र जाँतोको पीठोजस्तो मिलमा पिसेको मिठो हुँदैन ।”
खंगलाई हूलका हूल सङ्गीसाथी, गाउँले मिलेर गीत गाउँदै ढिकी कुटेको सम्झना अझै ताजा छ । उहाँको विचारमा ढिकी, जाँतोमा कुटे–पिधेको खाद्यात्र मीठो र स्वस्थ दुवै हुनुका साथै आफ्नो शारीरिक व्यायाम पनि हुन्छ । धनी मानिसले मिलमा कुटे–पिँधेको खान्छन् हामीजस्ता गरिबका लागि ढिकी–जाँतो नै ठीक रहेको उहाँ बताउनुहुन्छ ।
चाडपर्वमा देउतालाई चढाउने सामग्रीका लागि ढिकी र जाँतोमा कुटेको र पिँधेको चामल, पिठो शुद्ध मानिने भएकाले चाडपर्वमा भने ढिकी र जाँतोको प्रयोग हुने गरेको छ । पूजाआजामा शुद्ध र चोखो गरे भगवान प्रसत्र भई शुभ हुने धार्मिक जनविश्वासअनुरूप गाउँहरुमा पूजा र चाडपर्वका बेला ढिकी, जाँतोको खोजी हुने गरेको खोक्सर प्रवाहाकी किरण साहले बताउनुभयो ।
खोक्सर प्रवाहाका अधिकलाल साहका अनुसार ढिकी, जाँतो विगत एक दशक अघिसम्म घरघरै हुन्थ्यो । अहिले गाउँ–गाउँमा स्थापना भएको मिलहरुका कारण ढिकी, जाँतो विस्थापित हुँदै गएको छ । तोरीे पेल्ने कोलहरु समेत ग्रामीण बस्तीबाट लोप हुँदै गएका छन् । आधुनिक मिलमा कुटानी, पिसानी गरिएको अत्र बढी तातिने हुँदा छिटो ढुसी लाग्ने गृहणीहरुको अनुभव छ ।
धार्मिक दृष्टिकोणले मात्रै होइन, वैज्ञानिक तथा वातावरणीय दृष्टिकोणले पनि ढिकी, जाँतो अत्यन्त महत्वपूर्ण भएकाले यो लोप तथा दुर्लभ हुँदै गएकामा ग्रामीणवासीहरूले चिन्ता व्यक्त गरेका छन् । यद्यपि यो निकै शारीरिक श्रम पर्ने र यसको प्रयोग महिलाले नै गर्नु पर्ने भएकाले यसले महिलाको शारीरिक शोषण गरेको भनाइ अधिकारकर्मीको छ ।

yes purino ritereyouj lai jogai rakhnu humero kartabay ho
ReplyDelete