ट्रान्सफर्मर जलेर विग्रने क्रम बढ्यो, दर्जनौ गाउँ प्रभावित

शुक्रराज लामा,
सर्लाही,वैशाख २६ । 
सर्लाहीका अधिकांश क्षेत्रमा रहेको ट्रान्सफर्मर जलेर विग्रने क्रम बढेपछि प्रधिकरण समस्यामा परेको छ । अध्याधिक मात्रमा विद्युत चोरी गर्नाले पछिल्लो समयमा ट्रान्सफर्मर जल्ने समस्या बढेर गएकोे नेपाल विद्युत प्राधिकरण मलंगवा शाखाले जनाएको छ ।

 इश्वरपुरको क्याम्पस चोकमा रहेको १ सय केभीको ट्रान्सफरमर जलेको एक हप्ता हुन नपाउदै सासापुर १ मा रहेको ट्रासफर्मर समेत जलेको छ । ट्रान्सफर्मर जल्दा दर्जनौ गाउँबासी  प्रभावित बनेका छन् । सर्लाहीकै भक्तिपुर ८ मा तीनघरीया खड्का टोलमा रहेको सय केभिको ट्रान्सफर्मर जलेको एक महिना हुदाँ अझै मर्मत हुन सकेको छैन । ट्रान्सफर्मर जलेर विग्रने क्रम बढ्न थाले पछि बनाउनका लागि क्षेत्रीय कार्यलय जनकपुर लैजान समस्या भएको प्राधिकरण मलंगवा शाखाका सहायक प्रमुख रामेश्वर यादवले बताउनु भयो ।

Related

विविध 2577459634943767502

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item