चितुवाको आक्रमणबाट मृत्यु
http://sindhulidarpan.blogspot.com/2012/05/s_5492.html
बनेपा, जेठ ८ । काभ्रेको खनालथोक गाविसमा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । सो गाविस–३ काक्रेमा तीर्थप्रसाद खनालकी चार वर्षीया छोरी रमिलाको चितवाको आक्रमणबाट मृत्यु भएको प्रहरी चौकी भकुन्डेबेंसीका प्रहरी नायब निरीक्षक चेतबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार घरबाट निस्कँदै गर्दा चितुवाले आक्रमण गरेको थियो । उनको शव गाउँकै सिधापाखामा आज बिहान भेटिएको हो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !