ट्वीटरमा करिनाका झट्का

http://sindhulidarpan.blogspot.com/2012/05/s_8137.html
मुम्बई : बलिउड नायिका करिना कपुरका फ्यानहरू व्यग्रतासाथ चलचित्र हिरोइनको प्रतीक्षा गरिरहेका छन् । तर, अब उनीहरूको व्यग्रता केही शान्त हुने भएको छ । प्रदर्शनमा आउनुअगावै चलचित्रमा करिनाले अभिनय गरेका झट्कादार दृश्य सार्वजनिक हुने भएका छन् ।
निर्माता मधुर भण्डारकरले ट्विटरमार्फत यो जानकारी गराएका हुन् । आगामी जुन महिनामा करिनाले चलचित्रमा अभिनय गरेका हट दृश्य सार्वजनिक हुने भण्डारकरलाई उद्धृत गर्दै एजेन्सीले उल्लेख गरेको हो ।

यसअघि नायिका ऐश्वर्या रायले गर्ने भनिएकामा उनी गर्भवती भएपछि सो भूमिका करिनाको पोल्टामा आइपुगेको थियो ।(एजेन्सी)
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !